Baigyanik Media

Advertisment

SKIP THIS

फुटबल प्रतियोगिता जारि सेमिफाइनल समिकरण पुरा

कैलाली – पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पुरा भएको छ ।अन्तिम क्वाटरफाइनल खेलमा बिवाईसि बछुरिया लाइ देबिदल गण तेघरिले चार शुन्य गाेलअन्तरले पराजित गर्दै सेमिफाइनल समिकरण पुरा भएको हाे । यस अघिनै प्रतियोगितामा आ आफ्ना खेलहरु जित्दै आयाेजक सडकपुर बाैनिया युवा क्लब (बि), वाेइज युनियन लम्कि र राइजिङ्ग साहारा काेहलपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।प्रतियोगिता काे पहिलो सेमिफाइनल खेलमा भाेलि आयाेजक सडकपुर बाैनिया युवा क्लब (बि) का बिरुद्ध देबिदल गण तेघरि भिड्दा अन्तिम सेमिफाइनल खेलमा ५ गते वाेइज युनियन लम्कि र राइजिङ्ग साहारा पाेखरा बिच हुने आयाेजक क्लबका अध्यक्ष जीवन बि.सिले जानकारी दिनु भएको छ ।प्रतियाेगितामा बिजेताले दुई लाख पच्चीस हजार पुरस्कार स्वरुप पाउँदा उप बिजेताले पुरस्कार स्वरुप एक लाख पन्ध्र हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन । यस्तै प्रतियोगिता व्यत्तिगत बिधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले समेत नगद पुरस्कार स्वरुप प्राप्त गर्ने आयाेजकले जानकारी दिएको छ । प्रतियोगिता काे समापन कार्तिक ६ गते हुने प्रतियोगिता संयाेजक रबि कुवरले जानकारी दिनु भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!