बिहिबार, बैशाख १३, २०८१

बिवाईसी बछुरियालाई ४-० ले हराउदै देबिदल गण तेघरीले बिजयी

  • फुटबल प्रतियोगिता जारि सेमिफाइनल समिकरण पुरा
  • कैलाली – पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पुरा भएको छ ।

    अन्तिम क्वाटरफाइनल खेलमा बिवाईसि बछुरिया लाइ देबिदल गण तेघरिले चार शुन्य गाेलअन्तरले पराजित गर्दै सेमिफाइनल समिकरण पुरा भएको हाे । यस अघिनै प्रतियोगितामा आ आफ्ना खेलहरु जित्दै आयाेजक सडकपुर बाैनिया युवा क्लब (बि), वाेइज युनियन लम्कि र राइजिङ्ग साहारा काेहलपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

    प्रतियोगिता काे पहिलो सेमिफाइनल खेलमा भाेलि आयाेजक सडकपुर बाैनिया युवा क्लब (बि) का बिरुद्ध देबिदल गण तेघरि भिड्दा अन्तिम सेमिफाइनल खेलमा ५ गते वाेइज युनियन लम्कि र राइजिङ्ग साहारा पाेखरा बिच हुने आयाेजक क्लबका अध्यक्ष जीवन बि.सिले जानकारी दिनु भएको छ ।

    प्रतियाेगितामा बिजेताले दुई लाख पच्चीस हजार पुरस्कार स्वरुप पाउँदा उप बिजेताले पुरस्कार स्वरुप एक लाख पन्ध्र हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन ।यस्तै प्रतियोगिता व्यत्तिगत बिधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले समेत नगद पुरस्कार स्वरुप प्राप्त गर्ने आयाेजकले जानकारी दिएको छ । प्रतियोगिता काे समापन कार्तिक ६ गते हुने प्रतियोगिता संयाेजक रबि कुवरले जानकारी दिनु भएको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation