मङ्लबार, भदौ २५, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरियामा जारी फुटबल प्रतियोगितामा आज सेमिफाइनलको पहिलो खेल हुँदै 

  • आज सेमिफाइनलको पहिलो खेल दिउँसो २: ३० बजे:देविदल गण तेघरि (आर्मी) विरुद्ध आयोजक सडकपुर बौनियाँ युवा क्लब (बि) का बिच प्रतिस्पर्धा हुने
  • कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी पाचौ बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगितामा शुक्रबार (आज) सेमिफाईनलको पहिलो खेल हुने भएको छ । सडकपुर बौनियाँ युवा क्लबको आयोजनामा भइ रहेको प्रतियोगितामा आज सेमिफाइनलको पहिलो खेल दिउँसो २: ३० बजे देविदल गण तेघरि (आर्मी) विरुद्ध आयोजक सडकपुर बौनियाँ युवा क्लब (बि) का बिच प्रतिस्पर्धा हुने खेल संयोजक रवि कुँवरले जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीको समेत सहभागीता रहेको छ । आज क्वाटर फाईनलको अन्तिम खेल सम्पन्न भए संगै सेमिफाइनल पुग्ने ४ टोलिको टुङ्गो लागेको हो । यस अघि राईजिङ साहरा कोहलपुर ,ब्वाईज युनियन लम्की र आयोजक सडकपुर बौनियाँ युवा क्लब सेमिफाइनल पुगि सकेका छन ।अर्को सेमिफाइनल खेल कार्तिक ५ गते संचालन हुने छन । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल कार्त्तिक ५ गते ब्वाईज युनियन लम्की र राईजिङ्ग सहारा कोहलपुर बिच प्रतिस्पर्धा हुने महासचिव कृष्ण प्रसाद ओझाले जानकारी दिए । बिगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको क्लबले यस पटक पाँचौ बर्दगोरिया सेतिलोक मार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिता आयोजना गरेको हो ।बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को मुडा खेल मैदानमा उक्त फुटबल प्रतियोगिता भइ रहेको छ । प्रतियोगिताको उद्घाटन आइतबार असोज ३० गते भएको थियो भने प्रतियोगिता कार्तिक ६ गते समापन हुने क्लबका अध्यक्ष जीवन बि सि ले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसै गरि ब्यक्तिगत बिद्या तर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा,उत्कृष्ट डिफेन्स्क,उत्कृष्ट गोल रक्षक, उदयिमान खेलाडी र सर्बाधिक गोल कर्ता ले नगद १०/१० ह्जार प्राप्त गर्ने आर्थिक संयोजक पुस्प भण्डारीले जानकारी दिए छन । प्रतियोगितामा नेपाल आर्मी सहित १२ टिमको सहभागिता रहेको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation