आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

फुटबल प्रतियोगिता जारि आर्मी फाइनलमा(फोटो फिचर सहित)

  • सडकपुर बाैनिया युवा क्लब (बि) लाई एक शुन्यकाे झिनो गाेलान्तरले पराजित गर्दै देबिदल गण तेघरि फाइनलमा
  • कैलाली –पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगितामा नेपाल आर्मीकाे देबिदल गण तेघरि फाइनलमा प्रवेश गर्न सफल भएको छ ।शुक्रबार भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा आयाेजक सडकपुर बाैनिया युवा क्लब (बि) लाई एक शुन्यकाे झिनो गाेलान्तरले पराजित गर्दै देबिदल गण तेघरि फाइनलमा स्थान बनाउन सफल भएको हाे । उसले खेलकाे सुरुवाती क्षणमा बनाएको बडतलाइ अन्तिम सम्म कायम राख्दै फाइनल सम्मकाे स्थान बनाउन सफल भएको हाे । आयाेजक क्लबले खेल अबधि भरि पाएका थुप्रै अवसरलाइ गाेलमा परिणत गर्न नसक्दा सेमिफाइनल बाट आफ्नो यात्रा समाप्त गरेको छ । उत्त खेलमा उत्कृष्ट खेल प्रस्तुत गरेका देबिदल गणका बुद्धिमान वाइबा म्यान अफ द म्याच बाट पुरष्कृत भएका छन । आर्मी अब आइतबार हुने फाइनल खेलमा सनिवार हुने बाेइज युनियन लम्कि र राइजिङ्ग शाहरा काेहलपुर बिचकाे विजेता संग प्रतिस्पर्धा गर्नेछ ।प्रतियाेगितामा बिजेताले दुई लाख पच्चीस हजार पुरस्कार स्वरुप पाउँदा उप बिजेताले पुरस्कार स्वरुप एक लाख पन्ध्र हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन । यस्तै प्रतियोगिता व्यत्तिगत बिधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले समेत नगद पुरस्कार स्वरुप प्राप्त गर्ने आयाेजकले जानकारी दिएको छ । प्रतियोगिताकाे समापन कार्तिक ६ गते हुने प्रतियोगिता संयाेजक रबि कुवरले जानकारी दिनु भएको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation