
कार्तिक ५ –पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिताकाे फाइनल समिकरण पुरा भएको छ । सनिवार भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा बाेइज युनियन लम्कीलाइ एक शुन्यकाे गाेल अन्तरले हराउदै रेसिङ्ग शाहरा काेहलपुरले फाइनलमा देबिदल गण तेघरि संगकाे भेट पक्का गरेको छ । दाेस्राे हाफको सुरुवातमा फागुराम चाैधरीले गरेको एक मात्र गाेल काेहलपुर लाइ फाइनल सम्म पुर्याउन प्रयाप्त भएको छ । उत्त खेलमा उत्कृष्ट खेल प्रस्तुत गरे बाफत रेसिङ्ग शाहरा काेहलपुर फागुराम चाैधरी म्यान अफ द म्याच बाट पुरष्कृत भएका छन ।
यस अघिनै शुक्रबार भएको पहिलो सेमिफाइनल खेल जित्दै नेपाल आर्मीकाे देबिदल गण तेघरिले फाइनलमा स्थान शुरक्षित गरि सकेको छ । अब भाेलि आइतबार हुने फाइनल खेलमा देबिदल गण तेघरि र रेसिङ्ग शाहरा काेहलपुर प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियाेगितामा बिजेताले दुई लाख पच्चीस हजार पुरस्कार स्वरुप पाउँदा उप बिजेताले पुरस्कार स्वरुप एक लाख पन्ध्र हजार पुरस्कार स्वरुप प्राप्त गर्ने छन । यस्तै प्रतियोगिता व्यत्तिगत बिधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले समेत नगद पुरस्कार स्वरुप प्राप्त गर्ने आयाेजकले जानकारी दिएको छ ।