बर्दगाेरिया सेती लाेकमार्ग फुटबल/५ हजार दर्शकले गरे अवलोकन

  • फुटबल प्रतियोगिता जारि फाइनल समिकरण पुरा
  • कार्तिक ५ – पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिताकाे फाइनल समिकरण पुरा भएको छ । आज शनिवार मात्र ५ हजार दर्शकले अवलोकन गरेका छन् ।बर्दगाेरिया गाउँपालिका वडा नं ४ स्थित मुडा खेल मैदानमा आज ५ हजार भन्दा बढि दर्शकहरुले खेलको अवलोकन गरेको सडकपुर बौनियाँ युवा क्लवका अध्यक्ष जीवन वीसिले वैज्ञानिक मीडियालाई बताए ।सनिवार भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा बाेइज युनियन लम्कीलाइ एक शुन्यकाे गाेल अन्तरले हराउदै रेसिङ्ग शाहरा काेहलपुरले फाइनलमा देबिदल गण तेघरि संगकाे भेट पक्का गरेको छ । दाेस्राे हाफको सुरुवातमा फागुराम चाैधरीले गरेको एक मात्र गाेल काेहलपुर लाइ फाइनल सम्म पुर्‍याउन प्रयाप्त भएको छ । उत्त खेलमा उत्कृष्ट खेल प्रस्तुत गरे बाफत रेसिङ्ग शाहरा काेहलपुर फागुराम चाैधरी म्यान अफ द म्याच बाट पुरष्कृत भएका छन । यश अघिनै शुक्रबार भएको पहिलो सेमिफाइनल खेल जित्दै नेपाल आर्मीकाे देबिदल गण तेघरिले फाइनलमा स्थान शुरक्षित गरि सकेको छ । अब भाेलि आइतबार हुने फाइनल खेलमा देबिदल गण तेघरि र रेसिङ्ग शाहरा काेहलपुर प्रतिस्पर्धा गर्नेछन् ।प्रतियाेगितामा बिजेताले दुई लाख पच्चीस हजार पुरस्कार स्वरुप पाउँदा उप बिजेताले पुरस्कार स्वरुप एक लाख पन्ध्र हजार पुरस्कार स्वरुप प्राप्त गर्ने छन । यस्तै प्रतियोगिता व्यत्तिगत बिधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले समेत नगद पुरस्कार स्वरुप प्राप्त गर्ने आयाेजकले जानकारी दिएको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation