कैलाली – असाेज ३० गते बाट सुरु भएको पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिता २०७९ काे फाइनल खेल आज हुनेछ । प्रतियोगितामा जिल्ला भित्र र बाहिरका संगै गरेर।जम्मा १२ टाेलिकाे सहभागिता रहेको थियो । बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ स्थित मुडा बजारको खेल मैदानमा सञ्चालन भैरहेको प्रतियोगितामा आफुहरुकाे अपेक्षा भन्दा बढी दर्शकहरुले प्रतियोगिताकाे अवलोकन गरेकाे बताउदै प्रतियोगिता संयाेजक रवि कुवँरले एक मानेमा प्रतियोगिता सफल भएको मान्न सकिने बताए ।आज दिउँसो हुने फाइनल खेलमा नेपाल आर्मीकाे देबिदल गण तेघरि कैलाली र रेशिङ्ग शाहरा काेहलपुर बाके बिच प्रतिस्पर्धा हुने आयाेजकले जानकारी दिएको छ । पहिलो चरणमा बाइ पाएका दुबै समुहले दाेस्राे चरणमा आर्मीले बिवाइसि बछुरियालाइ हराउदा सेमिफाइनलमा आयाेजक सडकपुर बाैनिया युवा क्लब (बि) लाई हराउँदै फाइनलमा पुग्दा रेशिङ्ग शाहरा काेहलपुरले दाेस्राे चरणमा घाेडाघाेडि क्लब सुखड र सेमिफाइनलमा बाेइज युनियन लम्किलाइ हराउदै फाइनलकाे यात्रा तय गरेको हाे । फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने धेरैको अनुमान रहेको छ । आर्मीकाे टिम अन्तिम मिनेटसम्म समान गतिका साथ खेल्न सक्ने पुरा स्टामिना भएको टिम छ भने रेशिङ्ग शाहरा काेहलपुर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त नेपाली खेलाडी सम्मिलित टाेलि रहेको छ । काेहलपुरकाे टिममा नेपालकाे समेत प्रतिनिधित्व गरिसकेका रवि पाशवान लगाएतका खेलाडी हरु सम्मिलित छन् । फाइनल खेल हेर्न लाएक हुने र प्रतियोगिता भरिकै सबैभन्दा बढी दर्शककाे उपस्थिति रहने आफुहरुकाे अनुमान रहेको आयाेजक सडकपुर बाैनिया युवा क्लबका अध्यक्ष जीवन बि.सीले जानकारी दिएका छन् ।प्रतियाेगितामा बिजेताले दुई लाख पच्चीस हजार पुरस्कार स्वरुप पाउँदा उप बिजेताले पुरस्कार स्वरुप एक लाख पन्ध्र हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन । यस्तै प्रतियोगिता व्यत्तिगत बिधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले समेत नगद पुरस्कार स्वरुप प्राप्त गर्ने आयाेजकले जानकारी दिएको छ ।