शनिबार, मंसिर २२, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिताकाे सम्पन्न,उपाधि देबिदल गण तेघरिलाई

  • रेसिङ्ग शाहरा काेहलपुरलाई एक शुन्यकाे गाेल अन्तरले पराजित गर्दै देबिदल गण तेघरि उपाधी उचाल्न सफल
  • कार्तिक ६ –असाेज ३० गते बाट सुरु भएको पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिता २०७९ काे उपाधी देबिदल गण तेघरिले जितेको छ ।प्रतियोगितामा जिल्ला भित्र र बाहिरका संगै गरेर जम्मा १२ टाेलिकाे सहभागिता रहेको थियो । बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ स्थित मुडा बजारको खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा बलियो मानियकाे रेसिङ्ग शाहरा काेहलपुरलाइ एक शुन्यकाे गाेल अन्तरले पराजित गर्दै देबिदल गण तेघरि उपाधि उचाल्न सफल भभएको हो । खेलकाे दाेस्राे हाफमा आर्मीका लागि मीन बहादुर बुढाले गरेको एक मात्र गाेल निर्णायक साबित भएको थियो । बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्रमुख आथित्यतामा भएको समापन कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि रहनु भएको थियो । साे अवसरमा बर्दगाेरिया गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गाैतम,वडा नम्बर २ का वडा अध्यक्ष गाेबिन्द बि.क, वडा नम्बर ४ का वडा अध्यक्ष जगत शाही , माेहन्याल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बुढा, लम्किचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लब बहादुर शाही लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि हरुकाे सहभागिता रहेको थियो ।प्रतियोगितामा उदयमान खेलाडी का रुपमा आयाेजक सडकपुर बाैनिया युवा क्लब (बि) का बिबेक सुनार १०,००० नगद सहित पुरस्कृत हुदा,उत्कृष्ट डिफेन्डर बन्दै देबिदल गण तेघरिका श्रीराम चाैधरी नगद १०,००० बाट पुरस्कृत भएका छन जसको प्रायाेजन नेकपा एमाले कैलाली जिल्ला सचिव डेजि पाण्डे रहनु भएको थियो ,यस्तै सर्वाधिक गाेलकर्ता बन्दै देबिदल गण तेघरिका मीन बहादुर बुढाले नगद १०,००० पाउँदा उत्कृष्ट गाेलकिपर बन्दै देबिदल गण तेघरिका साैगात भण्डारीले १०,००० पुरस्कार पाउदा प्रतियोगिता कै उत्कृष्ट खेलाडी बनेर रेशिङ्ग शाहरा काेहलपुरका रवि पासवानले पुरस्कार स्वरुप नगद १५,००० प्राप्त गरेका छन जसको प्रायाेजन मकालु हाेटल पहलमानपुरले गरेको थियो ।फाइनल खेलकाे एक मात्र गाेल गर्दै टाेलिलाइ बिजयी बनाउने देबिदल गण तेघरिका मीन बहादुर बुढा बन्न सफल भएका छन् । फाइनल खेलकाे म्यान अफ द म्याच काे प्रायाेजन बाैनिया जेसीज बर्ष २०१८ का अध्यक्ष जनक बिष्टले गर्नु भएको थियो । प्रतियाेगिताकाे बिजेता बन्दै देबिदल गण तेघरिले पुरस्कार स्वरुप दुई लाख पच्चीस हजार रुपैयाँ पाउँदा उप बिजेता बनेको रेशिङ्ग शाहरा काेहलपुरले पुरस्कार स्वरुप एक लाख पन्ध्र हजार प्राप्त गरेको छ । समापन कार्यक्रम क्लबका अध्यक्ष जीवन बि.सीकाे अध्यक्षतामा भएको थियो ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation