बिहिबार, मंसिर २२, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

कैलालीमा तिहारमा राती ९ बजे सम्म देउसी भैले खेल्न पाइने

  • प्रशासनको नियम विपरित कार्य गरेको पाएमा कानुन बमोजिम कारवाही गरिने
  • कैलाली । कैलालीमा तिहारमा राती ९ बजे सम्म मात्र देउसी भैले खेल्न पाइने भएको छ । राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । तिहार पर्व आफ्नो संस्कार अनुसार मितव्यइ रुपमा मनाउन यो बेला पटका, भुइचम्पा, आतीसवाजी, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने भएको छ ।

    यस्तै जुवातास, लंगुरबुर्जा कौडा खेल्न नपाइने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। मादक पदार्थ सेवन गरि सार्वजनिक स्थलहरुमा होहल्ला र झैं-झगण्डा नगर्न समेत अनुरोध समेत गरिएको उनले बताए ।साथै प्रशासनको नियम विपरित कार्य गरेको पाएमा कानुन बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले वैज्ञानिक मिडियालाई जानकारी दिए ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
    error: Content is protected !!