शुक्रबार, कार्तिक २३, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

खेल क्षेत्रको विकासबाट मात्रै समाज र राष्ट्रको पहिचान हुने : अध्यक्ष उपाध्याय(भिडियो सहित)

  • खेलकुद क्षेत्रलाई विषेश चासोका रुपमा लिएको छु :उपाध्यक्ष साउँद
  • कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । मोहन्याल युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । ‘सडक, कृषि, धार्मिक तथा पर्यटनको पहिचान मोहन्यालको सम्वृद्धि र विकास हाम्रो अभियान’ भन्ने नारासहित सुचारु भएको प्रतियोगितामा खुल्ला हाजिरीजवाफ प्रतियोगितासमेत हुने आयोजक युवा क्लबले जनाएको छ । प्रतियोगिताको शनिबार गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ ले उद्घाटन गरेका छन् । पालिका स्तरमै ठूलो धनराशीको पुरस्कार राखिएको खेलको उद्घाटन गर्दै अध्यक्ष उपाध्यायले खेल क्षेत्रको विकासबाट मात्रै समाज र राष्ट्रको पहिचान हुने बताए । खेल क्षेत्रको विकासमा सबैको साथ र सहकार्यको आवश्यकता रहेको भन्दै उनले पालिकाले आगामी दिनमा खेलकुदको विकासका लागि नीतिगत निर्णय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । गण्डकी प्रदेशको पोखरामा सम्पन्न भर्खरै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उस्सुतर्फ स्वर्णपदक जितेर पालिकाको गौरव बढाएकोप्रति स्वर्णपदक विजेता गौरी घर्तिमगरको प्रसंशा गर्दै खेलाडीको प्रोत्साहनका लागि कार्यक्रम ल्याइनेमा जोड दिए ।यस्तै, कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउँदले आफूले खेलकुद क्षेत्रलाई विषेश चासोका रुपमा लिएको बताए । उनले पालिका स्तरमा रहेका विद्यालय क्षेत्रमा समेत खेलकुदको विकासमा जोड दिँदै चालू आर्थिक वर्षको बजेटमा केही बजेट रकमको व्यवस्था गरिएको बताए । उनले अनुशासन नै खेलाडीको गहना भएकाले शान्तिपूर्ण वातावरणमा प्रतियोगिता सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार ४१ रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन् । त्यस्तै, दोस्रो हुनेलाई ४५ हजार ४५ रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय प्रदान गरिनेछ । हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेले ३० हजार नगद र दोस्रो हुनेलाई १५ हजार नगद प्रदान गरिनेछ । भलिबल प्रतियोगितामा १३ टीमको सहभागिता रहेको छ भने हाजिरी जवाफमा ११ टीम दर्ता भएका छन् । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । क्लबका अध्यक्ष गोर्खबहादुर बोहरा (सागर) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका सचिव भरतकुमार शाहीले गरेका थिए । कार्यक्रममा क्लबका उपाध्यक्ष नवीन देवकोटाको स्वागत मन्तव्य राखेका थिए ।

    (भिडियो सहित हेर्नु होस्)

     

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation