
कार्तिक १३, बाैनियाँ – आसन्न मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनको मिति नजिकिए संगै उम्मेदवार हरुले घरदैलो अभियानलाई तिब्रता दिन थालेका छन् । यसैबीच कैलाली क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवारहरुले समेत आफ्नो घरदैलो अभियानलाइ तिब्रता दिएका छन् । आइतबार कैलाली क्षेत्र नम्बर २ अन्तरगत बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार झपट बहादुर रावल र २ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार डेजी पाण्डेले स्थानीय हरुकाे निवासमा पुगेर घरदैलो गरेका हुन ।
साे अवसरमा आफुहरुले आम जन समुदाय बाट सकारात्मक प्रतिक्रिया पाएकाे र अधिकांश स्थानियले जितको अग्रिम शुभकामना समेत दिएको नेकपा एमालेबाट प्रदेश सभा सदस्य पदका लागि कैलाली क्षेत्र नम्बर २(ख) का उम्मेदवार डेजी पाण्डेले बताउनुभएको छ । पाण्डेका अनुसार आफ्नो क्षेत्रमा पर्ने बर्दगाेरिया गाउँपालिका ,लम्किचुहा नगरपालिकाकाे वडा नम्बर ६,८,९ र १० का साथै माेहन्याल गाउँपालिकाकाे चारवटा वडामा समेत पहिलो चरणको भेटघाट बाट सकरात्मक प्रतिक्रिया पाएकाे पाण्डेले बताउनु भएको छ ।
आसन्न मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे निर्वाचनमा हाेमिएका कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २(ख) मा हाेमिएका उम्मेदवारहरु मध्ये नेकपा एमाले पार्टिबाट चुनावी मैदानमा रहेका डेजी पाण्डेलाई सबैले बिश्वास गरेको उम्मेदवारका रुपमा हेर्न थालिएको छ । कैलाली २(ख) का स्थानीय माझ पछिल्लो समय पाण्डेकाे चर्चा चुलिदै गएको पाण्डे निकट स्रोतले बताउने थालेको छ ।चुनावकाे मिति नजिकिँदै जाँदा पाण्डेले आफू निर्वाचनमा विजयी हुने सम्भावना दिन प्रतिदिन बढ्दै गएको बताउनु भएको छ ।
पाण्डेका अनुसार अहिले चुनावको मैदानमा रहेका कुनै पनि उम्मेदवार आफ्नो प्रतिस्पर्धि नरहेको जानकारी दिनु भयो । पाण्डेले बताए अनुसार आफू संग रहेका निति कार्यक्रम तथा याेजना यस प्रदेश सभामा आफ्ना प्रतिस्पर्धि रहेका कसैसँग नभएको समेत हामी संगकाे कुराकानीका क्रममा बताएक थिए।