Baigyanik Media

Advertisment

SKIP THIS

खुल्ला भलिबल र हाजिरीजवाफ प्रतियोगिता जारि

कार्तिक १३- माेहन्याल गाउँपालिका वडा नम्बर ३ फल्लेबिसाैनामा रहेको माेहन्याल युवा क्लबको आयाेजनामा पहिलो माेहन्याल खुल्ला भलिबल र हाजिरीजवाफ प्रतियोगिता २०७९ जारी रहेको छ ।कार्तिक १२ गते बाट सुरु भएको प्रतियोगितामा भलिबल तर्फ १० र हाजिरीजवाफ तर्फ १३ टिमको सहभागिता रहेको छ । कार्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताकाे भलिबल तर्फकाे बिजेताले पुरस्कार स्वरुप नगद ७५,०४१ पाउँदा दाेस्राे हुने टिमले पुरस्कार स्वरुप नगद ४१,०४५ पाउने प्रतियोगिता आयाेजक क्लबका सचिव भरत कुमार शाहीले जानकारी दिनु भएको छ । त्यस्तै भलिबल खेलकाे उत्कृष्ट खेलाडीले नगद ५,००१ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै साेहि अबधिमा १४ गते सञ्चालन हुने खुल्ला हाजिरीजवाफ प्रतियोगिताकाे बिजेताले पुरस्कार स्वरुप नगद ३०,००१ पाउँदा दाेस्राे हुने टिमले नगद १५,००० पुरस्कार पाउने आयाेजक क्लबले जानकारी दिएको छ । प्रतियोगिता काे दाेस्राे दिन आज आइतबार तीन खेल सम्पन्न भएका छन् । दिनको पहिलो खेलमा पहिलो खेल भिम टेड्रेस कुइने लाई कञ्चन एग्राे खाधान्न उधाेग टिकापुर (ए)ले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित दर्ता गर्दा दिनको दाेस्राे खेलमा कञ्चन एग्राे खाधान्न उधाेग टिकापुर (बि) ले समेत समाज सुधार युवा क्लब सल्लेरि लाई २५-२०,२५-२२,२५-१८ काे साेझाे तीन सेटमा पराजित गरेको छ यस्तै आइतबार नै भएको तेस्रो खेलमा प्रियसि नृमाण सेवा पहालमानपुर लाई राष्ट्रिय आधारभूत बिधालय चाेसेकाडाले २५-१२,२५-१२,२५-१५ काे स्काेरका साेझाे तीन सेटमा पराजित गरेको आयाेजक माेहन्याल युवा क्लबका सदस्य गणेश टमट्टाले जानकारी दिनु भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation