
कार्तिक १४ – माेहन्याल गाउँपालिका वडा नम्बर ३ फल्लेबिसाैनामा रहेको माेहन्याल युवा क्लबको आयाेजनामा कार्तिक १२ गते बाट सञ्चालन भएको पहिलो माेहन्याल खुल्ला भलिबल र हाजिरीजवाफ प्रतियोगिता २०७९ सम्पन्न भएको छ । कार्तिक १२ गते बाट सुरु भएको प्रतियोगिताकाे भलिबल तर्फकाे फाइनल खेलमा आयाेजक माेहन्याल युवा क्लब फलेविसाैनालाई निकै प्रतिस्पर्धात्मक खेलमा दुई तिनको सेटमा हराउदै राष्ट्रिय आधारभुत विद्यालय चाेसेकाडा उपाधि उचाल्न सफल भएको हाे । फाइनल खेलकाे पहिलो सेट आयाेजकले २५-२१ ले आफ्नो पक्षमा पार्दा दाेस्राे सेट चाेसेकाँडाले २५-२० ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट फेरि आयाेजकले २५-२३ ले आफ्नो पक्षमा पार्दा चाैथाे सेट फेरि चाेसेकाँडाले फेरि २५-१६ ले आफ्नो पक्षमा लिदा अन्तिम तथा निर्णायक सेट राष्ट्रिय आधारभुत विद्यालय चाेसेकाडाले १५-११ आफ्नो पक्षमा पार्दै उपाधि उचाल्न सफल भएको हाे ।
उपाधि जित्दै राष्ट्रिय आधारभुत विद्यालय चाेसेकाँडाले नगद ७५,०४१ पुरस्कार प्राप्त गर्दा दाेस्राे हुदै आयाेजक माेहन्याल युवा क्लब फलेबिसाैना पुरस्कार स्वरुप नगद ४१,०४५ मा चित्त बुझाउन बाध्य भएको छ । त्यस्तै भलिबल खेलकाे उत्कृष्ट खेलाडीले हुदै आयाेजक माेहन्याल युवा क्लब फलेबिसाैनाका दिनेश चन्दले ५,००१ पुरस्कार प्राप्त गर्न सफल भएका छन् । यस्तै साेहि अबधिमा सञ्चालन भएको खुल्ला हाजिरीजवाफ प्रतियोगिताकाे बिजेताले हुदै साईनिङ्ग स्टार युवा क्लब खैरेनीकाे टाेलिले पुरस्कार स्वरुप नगद ३०,००१ पाउँदा दाेस्राे हुदै घाेडाघाेडी बहुमुखी क्याम्पस सुखडकाे टाेलि नगद १५,००० पुरस्कार प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा भलिबल तर्फ नाै टिमकाे सहभागिता रहदा हाजिरी जवाफ तर्फ दस टाेलिकाे सहभागिता रहेको थियो ।आयाेजक माेहन्याल युवा क्लबका अध्यक्ष गाेर्ख बहादुर बाेहरा (सागर) काे अध्यक्षतामा भएको समापन समाराेहका प्रमुख अतिथि माेहन्याल गाउँपालिकाका अध्यक्ष देबिदत्त उपाध्याय (हिमशिखर) रहनु भएको थियो ।
साे अवसरमा माेहन्याल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरी वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष मान बहादुर बिष्ट माेहन्याल गाउपालिका कार्यपालिका सदस्य नानी नेपाली लगायतको सहभागिता रहेको थियो । कार्यक्रमकाे सञ्चालन क्लबका सचिव भरत कुमार शाहीले गर्नु भएको थियो ।