Baigyanik Media

Advertisment

SKIP THIS

नेकपा एमाले कैलाली दुईकाे प्रतिबद्धता सार्वजनिक

  • २२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक : प्रशासनिक सुधार तथा कानुन निर्माणलाई पहिलो प्राथमिकता
  • कैलाली –आसन्न मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखमा नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ ले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ साेमबार सार्वजनिक गरेको २२ बुँदे प्रतिबद्धता पत्रमा प्रशासनिक सुधार तथा कानुन निर्माण लाई पहिलो प्राथमिकतामा राख्दा सामाजिक सुरक्षा लगायतका क्षेत्र लाई समेत साे प्रतिबद्धता पत्रमा समाबेश गरिएको छ । अहिले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले पार्टीबाट प्रतिनिधि सभा सदस्य पदका लागि झपट बहादुर रावल उम्मेदवारकाे रुपमा अगाडि आउदा साे क्षेत्रकाे प्रदेश (क) मा कमला कुमारी ओली र प्रदेश (ख) डेजी पाण्डे चुनावी अभियानमा हाेमिएका छन् । झपट बहादुर रावल कैलाली क्षेत्र नम्बर २ का निवर्तमान सांसद समेत हुन रावलले प्रतिनिधि सभा निर्वाचन २०७४ का संयुक्त बाम गणबन्धन बाट उम्मेदवार हुदै गर्दा नेपाली कांग्रेस बाट उम्मेदवार बनेका माेहन सिह राठौर लाई पराजित गरेका थिए । रावलले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा पञ्चायती कालको अन्त्य पश्चात् यस क्षेत्र बाट निर्वाचित भएर गएका कुनै पनि सांसदले गरेको भन्दा दाेब्बर बढी काम गरेकोे आम जनमानसले बताउने गरेका छन् ।२ (क) मा नेकपा एमाले पार्टिबाट प्रदेश सभा सदस्य पदको उम्मेदवार रहनु भएकी कमला कुमारी ओली संग राष्ट्रिय सभा सदस्यकाे रुपमा कार्य गरेको अनुभव रहेको छ । ओलीलाई महिला हक अधिकारका क्षेत्रमा निरन्तर ओकालत गर्दै आइरहेको एक याेद्धाकाे रुपमा समेत चिन्ने गरिन्छ ।२(ख) मा नेकपा एमाले पार्टिबाट प्रदेश शभा सदस्य पदको उम्मेदवार रहनु भएको डेजि पाण्डेलाई एक बाैद्धिक नेताको रुपमा सबैले चिन्ने गरेका छन् । पाण्डे सुदुरपश्चिमकै सबैभन्दा ठूलो कैलाली बहुमुखी क्याम्पसकाे स्ववियु सभापति समेत रहिसक्नु भएको छ । कृषि लाई पहिलो प्राथमिकतामा राख्ने पाण्डे कैलाली क्षेत्र नम्बर २(ख) मा अहिले चुनावी माहोलमा हाेमियका उम्मेदवार मध्ये सबैभन्दा उत्कृष्ट र क्षमतावान उम्मेदवार रहेकाे यस क्षेत्रका आम सर्वसाधारणको बुझाइ रहेको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation