
कार्तिक १५ – आसन्न मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे आम निर्वाचनमा नेकपा एमाले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २(ख) का उम्मेदवार डेजी पाण्डेले आफ्नो घरदैलो अभियानलाई तिब्रता दिनु भएको छ । कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख)का उम्मेदवार रहनु भएका पाण्डेले दिपावली सकिय लगत्तै आफ्नो घरदैलो अभियानलाई तिब्रता दिनु भएको हो। तिहारकाे भाेलिपल्ट कार्तिक १३ गते बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ मा घरदैलो गर्नुभएका पाण्डेले हिजो १४ गते लम्किचुहा नगरपालिका ८ र आज लम्किचुहाकाे वडा नम्बर ६ मा घरदैलो अभियान गर्नुभएको हो ।
पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बर्दगाेरिया गाउँपालिकाक ६ वडा संगै लम्किचुहा नगरपालिका का वडा नम्बर ६,८,९ र १० का साथै आफ्नो निर्वाचन क्षेत्रमा पर्ने माेहन्याल गाउँपालिकाकाे वडा नम्बर १,२,३ र ४ काे सम्भव भए सम्मका घरमै गएर मत माग्ने बताउनुभयो । पाण्डेका अनुसार आम निर्वाचन ५ बर्षमा एक पल्ट आउने उत्सव भएको बताउदै याे उत्सवमा आफु आफ्नो निर्वाचन क्षेत्र हरेक घरदैलो पुग्ने अभियानका साथ अगाडि बडिरहेकाे बताउनुभयो ।पाण्डे संगै कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २(ख) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नन्द बहादुर साउँद(राजेन्द्र ) नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चाैधरी,राप्रपा का एकेन्द्र मल्ल,स्वतन्त्र बाट भरत कुमारी शाही ,सन्तु चाैधरी लगायत चुनावी मैदानमा हाेमिएका छन् ।
नेकपा एमाले पार्टी बाट उम्मेदवार रहेका डेजी पाण्डे पहिलोपल्ट उम्मेदवारका रुपमा मैदानमा रहनु भएको छ । पाण्डेका अनुसार याे आम निर्वाचनमा कुनै पनि उम्मेदवार आफ्नो प्रतिस्पर्धि नभइ आफु स्वयम् आफ्नो प्रतिस्पर्धि रहेको बताउनु भएको छ । पाण्डेका अनुसार आफुसंग यस क्षेत्रकाे बिकासका लागि ठाेस याेजना रहेकाे र त्यस्ता याेजना आफु संग चुनावी अभियानमा रहेका अन्य कुनैपनि उम्मेदवार संग नरहेको कुरा हामी संगकाे कुराकानीमा बताउनु भएको छ । साथै पाण्डेले दिएको जानकारी अनुसार पाण्डे भाेलि १६ गते बाट केही दिन उनको निर्वाचन क्षेत्र भित्र पर्ने माेहन्याल गाउँपालिका वडा नम्बर १,२,३ र ४ काे घरदैलो अभियानमा हुनेछन् ।