आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

पाण्डेकाे घरदैलो अभियान माेहन्यालमा सुरु

  • माेहन्यालका जनताहरू नेकपा एमाले पार्टीले उठाएका उम्मेदवारहरुलाई मतदान गर्न उत्साहित
  • कैलाली – आसन्न मंसिर ४ गते सम्पन्न हुन गैइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी उम्मेदवारहरु अहिले घरदैलो अभियानमा व्यस्त रहेका छन् । यसै बिच कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २(ख) का नेकपा एमाले पार्टीका तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका डेजी पाण्डेले आफ्नो घरदैलो अभियान लाई तिब्रता दिइरहनु भएको छ । पाण्डेले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने तराई क्षेत्र अन्तरगतकाे बर्दगाेरिया गाउँपालिकाका ६ वडा र लम्कीचुहा नगरपालिकाकाे उनको क्षेत्रमा पर्ने वडा नम्बर ६,८,९ र १० मा एक चरणको घरदैलो अभियान सकेपश्चात आज बाट आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पाहाडी पालिकाको माेहन्यालमा घरदैलो अभियानकाे सुरुवात गरेका छन् । पाण्डेले माेहन्याल गाउँपालिकाकाे घरदैलो अभियानको सुरुवात खिमडी,काेल्तडी लगाएतका ठाउँबाट गरेकाे छन । साे अभियान स्थानीय आम जनसमुदायको उल्लेख्य उपस्थितिले आफुलाइ हाैसाएकाे हामी संगकाे संक्षिप्त कुराकानीमा पाण्डेले जानकारी दिएका छन् । पाण्डे संगै घरदैलो अभियानमा माेहन्याल पुगेका नेकपा एमाले बर्दगाेरिया गाउँकमिटि उप-सचिव मिलन ओलीले काेल्तडी बाट हामीलाई दिएकाे जानकारी अनुसार माेहन्यालका बासि नेकपा एमाले पार्टीले उठाएका उम्मेदवार हरुलाई मतदान गर्न उत्साहित रहेको आफुले पाएकाे बताए । माेहन्याल गाउँपालिकाका कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २(ख) मा पर्ने वडा नम्बर १,२,३ र ४ काे सम्भव भए सम्मका स्थानमा आफुहरु टाेल भेला र घरदैलो गर्ने अभियानका साथ माेहन्याल पुगेका प्रदेश सभा सदस्य पदका उम्मेदवार डेजी पाण्डेले हामीलाई जानकारी दिनु भएको छ । डेजी पाण्डेलाई अहिले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (ख) काे सबैभन्दा याेग्य र क्षमतावान उम्मेदवारका रुपमा हेर्न थालिएको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation