बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कैलाली–२ मा निर्वाचन सरगर्मी, घरघरमा पुगे एमालेका उम्मेदवार(भिडियो सहित)

  • गाउँगाउँमा एमालेप्रति जनताको समर्थन बढ्दै
  • कैलाली । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सरगर्मी बढ्दै गएको छ । निर्वाचन अभियान अन्तर्गत नेकपा (एमाले) ले कैलाली क्षेत्र नम्बर २ मा घरदैलो अभियान सञ्चालन गरेको छ । प्रचारप्रसारका साथै उम्मेदवारहरु बैठक, भेला, प्रशिक्षण, छलफल, अन्तर्क्रियामा केन्द्रित भइरहेका छन् । कार्यक्रममा उम्मेदवारलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित छन् । कैलाली क्षेत्र नम्बर २ का २६ वटै वडामा उम्मेदवार तथा नेताकार्यकर्ताहरु मतदाताका घरघरमा पुगेर उनीहरुले चुनावी प्रतिबद्धता तथा आफ्ना प्राथमिकताहरु राखिरहेका छन् । घरदैलो अभियानअन्तर्गत लम्कीचुहा नगरपालिका, बर्दगोरिया, जानकी र मोहन्याल गाउँपालिकाका वडाहरुहमा पुगेका हुन् । उम्मेदवारसँगै एमालेका नेताकार्यकर्ताले मतदाताको प्रतिक्रिया बुझ्न थालेका छन् । घरदैलो अन्तर्गत शुक्रबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा अभियान सञ्चालन गरिएको नेकपा एमाले वडा कमिटी अध्यक्ष रवि कुँवरले जानकारी दिए । उनले गाउँगाउँमा एमालेप्रति जनताको समर्थन उत्साह बढ्दै गएको बताए । जनचाहना अनुसार नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधिले काम गर्दै आएकाले जनताको जनविश्वास एमालेमै रहेको उनको भनाइ छ । आगामी निर्वाचनमा नेकपा एमालेले जित हासिल गरे मात्रै विकास र सम्वृद्धि हुने उनले बताए ।आम नागरिकको जनजीविकाको सवालमा एमालेका चुनावी एजेन्डा बोकेकाले सोही जनताको पक्षमा भएकाले नै एमालेलाई मतदान गर्ने जनताको प्रतिक्रिया रहेको उनको भनाइ छ । कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि एमाले केन्द्रिय सदस्य एवं निवर्तमान सांसद झपटबहादुर रावल चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रदेश सभा २ (क) मा निवर्तमान राष्ट्रिय सभा सदस्य कमला कुमारी ओली र प्रदेश सभा २ (ख) मा एमाले जिल्ला कमिटी सचिव डेजी पाण्डेले उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन् । कैलाली क्षेत्र नम्बर २ मा ५० हजार ९०६ पुरुष, ५३ हजार ९९८ महिला र अन्य २ जना गरी १ लाख ४ हजार ९०६ जना मतदाता रहेका छन् ।त्यस्तै, क्षेत्र नम्बर २ (क) मा २७ हजार १६० पुरुष, महिला २९ हजार १८१ र अन्य १ जना गरी कूल ५६ हजार ३०६ ,जना मतदाता रहेका छन् । त्यस्तै, प्रदेशसभा २ (ख) मा २३ हजार ७४६ पुरुष, २४ हजार ८१७ महिला र अन्य १ गरी ४८ हजार ५६४ जना मतदाता छन् ।

    भिडियो सहित हेर्नु होस् ।


    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation