कार्तिक २० सुखड, कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) का उम्मेदवार डेजी पाण्डेले गठबन्धनको जितले भ्रष्टाचार बढाउने बताएका छन् । प्रदेश सभा (ख) को कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन ।
चुनाव लक्षित गठबन्धन गरेका दलहरूले सुदूरपश्चिम प्रदेशमा आफ्नो सरकार निर्माण गर्न आवश्यक उम्मेदवारहरू नै नउठाएको भन्दै उनले यस्तो कार्यले सरकार निर्माणमा पैसाको ठुलो चलखेल हुने उल्लेख गरे । प्रदेश सरकार निर्माणमा २७ सांसद आवश्यक हुन्छ । उनले भने,… “प्रदेशभरि माओवादीले जम्मा १२ सिटमा उम्मेदवारी दिएको छ । जसका कारण माओवादीको सरकार बन्न असम्भव छ । त्यस्तै काँग्रेसले जम्मा १८ सिटमा चुनाव लड्दै छ । त्यसले आफ्नो सरकार निर्माणका लागी थप ९ जना सांसद किन्नु पर्छ । एमाले बाहेकका दल सँग सरकार निर्माणको सिट सङ्ख्या पुग्दैन ।
अनि मिलीभगतमा सत्ता निर्माण गर्ने र जोगाउने काममा सरकारको बजेट खर्च हुन्छ । जसका कारण विकासका लागी यहाँ आउने बजेट कटौती हुन्छ ।” नेकपा एमालेका सबै क्षेत्रका सबै उम्मेदवारहरूलाई विजय गराए प्रदेशमा एमालेको एकल सरकार निर्माण बन्ने र भ्रष्टाचार स्वतः न्यूनीकरण हुने उनको तर्क छ ।