कार्तिक २२ धनगढी, कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा पनि नेकपा एमालेले जनता सँगको भेटघाटलाई तीव्रता दिएको छ । सो निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभा (ख) का उम्मेदवार डेजी पाण्डेले मतदाता भेट्न घरदैलो गरिरहेका छन् । भने मतदाताहरूले पनि खुलेरै पाण्डेको जितको कामना गरिरहेका छन् । केही दिन अघि मोहन्याल गाउँपालिका विभिन्न वडामा पुगेर मतदाता रिझाएका पाण्डे यती बेला लम्की चुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न वडाहरूमा मतदाता रिझाउन व्यस्त छन् । मतदाताहरूबाट सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् । लम्की चुहा १० को घरदैलोमा भेटिएका पाण्डेले भने,…म घर आँगनमा पुगेर आश्वासन बाढी रहेको छैन बरु जनताका समस्याहरू बुझिरहेको छु । अरू नराम्रा भन्नु भन्दा पनि हामी यस कारण राम्रा छौ भन्ने कुरा जनतालाई बुझाई रहेको छु ।” निवर्तमान प्रदेश सांसदबाट जनता रुष्ट हुनु, काँग्रेसबाट बागी उठ्नु र नागरिक उन्मुक्तिले प्रदेश सभा (ख) भन्दा बाहिरको उम्मेदवार बनाउनुले पनि आफूलाई चुनाव जित्न निकै सहज भएको उनको दाबी छ ।एमालेका उम्मेदवार पाण्डेका विरुद्ध निवर्तमान प्रदेश सांसद समेत रहेका माओवादी केन्द्रका नन्द बहादुर साउँद (राजेन्द्र), नेपाली काँग्रेसबाट स्वतन्त्र बनेका भरत कुमार शाही र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी चुनावी मैदानमा छन् । यो निर्वाचनमा एमालेका उम्मेदवार पाण्डे निकै बलिया देखिएका छन् ।