कैलाली २ : दुवैका बाधक नागरिक उन्मुक्तिका अरुण चौधरी, जीतको खोजिमा रावल र बडुवाल

कैलाली –  प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ मा त्रिपक्षीय भिड्न्त हुने देखिएको छ । दर्ता भएको एक वर्ष पुग्नै लागेको नागरिक उन्मुक्ति पार्टी अहिले यस निर्वाचन क्षेत्रमा प्रमुख प्रतिपक्षि दलहरूलाई चुनौति दिन लागेको छ ।नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीविच मुख्य प्रतिष्पर्धि बनेका छन् । कैलाली २ बाट नेकपा एमालेका झपटबहादुर रावल, नेकपा माओवादी केन्द्रका भगत बहादुर बडुवाल र नागरिक उन्मुक्ती पार्टीका अरुण चौधरी चुनावी भिड्न्तमा रहेका छन् ।रावल र बडुवाल आफ्नो जितलाई निरन्तरता दिने रणनीतिमा छन् भने, चौधरी पहिलो जितको खोजिमा हुने छन् ।

झपट रावल २०७४ को र भगत बढुवाल २०६४ को निर्वाचनमा कैलाली २ बाट निर्वाचित भएका थिए भने अरुण कुमार चौधरी प्रतिनिधि सभा सदस्यमा पहिलो पटक चुनाव लड्दै छन् । झपट बहादुर रावल पहाडी समुदायको मत पाएर चुनाव जित्ने रणनीतिमा छन् । कैलाली २ मा पहाडी मत निर्णायक हुने र आफूले सवै पहाडी क्षेत्रको मत पाउने उनको विश्वास छ । तर, स्थानीय तहको निर्वाचनमा बर्दगोरिया बाहेक २ नम्बर क्षेत्रमा पर्ने अन्य सवै पालिकाको नेतृत्व एमालले गुमाएको छ ।स्थानीय तहभन्दा अहिले परिस्थिति फरक रहेकाले चुनाव जित्ने रावलको दाबी छ । उनले राजनीतिक मुद्दामा एमालले लगेको अडान, देशमा एमालले गरेको विकास र आफूले ५ वर्षमा गरेका कामको मुल्याङ्कन गरेर जनताले भोट दिने बताए । ‘हामी स्पष्ट धारण र मुद्दाका साथ चुनावमा आएका छौं,’ उनले भने, ‘अन्य दल एमालेको जस्तो मुद्दा छैनन्, त्यसैले जनताले एमालेलाई जिताउने छन् ।’

तर सोही क्षेत्रका प्रभावशाली नेता तथा एमाले कैलालीका अध्यक्ष समेत रहेका रनत थापा लगायत थुप्रै नेता एमाले छोडेर नागरिक उन्मुक्ति पार्टी प्रवेस गरेका छन् । यसले रावललाई उनलाई चुनाव जित्न चुनौति थपिने छ । कैलाली-२ मा पर्ने पालीकामा एमालले गत स्थानीय तहको निर्वाचनमा १५ हजार ५ सय ६० मत पाएको थियो ।

२०६४ को निर्वाचनमा विजयी भएका नेकपा माओबादी केन्द्रका उम्मेदवार बडुवाल भने गठबन्धनको साथ पाएर चुनाव जित्नेमा आसाबादी छन् । २ नम्बर क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपाकिामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो मतको सदुपयोग गरेर चुनाव जित्न सकिने उनको दाउ हुने छ ।

उनले संविधान जोगाउनका लागि जनताले आफूलाई मत दिने बताए । ‘संविधान नै समाप्त पार्ने शक्तिलाई जनताले समाप्त पार्ने छन्,’ बडुवालले भने, ‘गठबन्धनका कारण हामी त्यसैपनि बलियो छौं, चुनाव जित्नेमा ढुक्क छु ।’

तर गठबन्धनमा सवैभन्दा ठूलो शक्ति रहेको नेपाली कांग्रेसबाट मत पाउनु उनको चुनौति बन्न सक्दछ । आफ्नो जित निश्चित रहेको स्थान माओवादी केन्द्रलाई छोडेको भन्दै क्षेत्र नम्बर–२ का धेरै कांग्रेस नेता कार्यकर्ता रुष्ट बनेका छन् । रुष्ट मतदातालाई मनाउनु उनको चुनौति हुने छ ।

कैलाली २ का पालिकामा गत स्थानीय तहको निर्वाचनमा गठबन्धनले १८ हजार ९ सय ९१ मत पाएको थियो । सो मध्य नेपाली कांग्रेसले मात्रै ११ हजार २ सय ३८ मत ल्याएको छ ।

स्थानीय तहको निर्वाचनबाट बलियो देखिएको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी भने दुई पहाडी नेता उम्मेदवार हुँदा पहाडी मत विभाजन हुने र आफू चुनाव जित्नेमा आशावादी देखिन्छन् ।

नागरिक उन्मुक्ति पार्टीले गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने पालिकाबाट चार हजार ९ सय ४९ मत पाएको थियो । तर, पहाडी क्षेत्रका मतदाताको मत विभाजन हुने उनको अनुमान छ । स्थानीय तहको निर्वाचन पछि एमालेका अध्यक्ष रतन थापा सहतिका नेता नागरिक उन्मुुक्ति प्रवेस गरेका कारण सो समुहको मत समेत तान्न सके चुनाव जित्ने उनको रणनीति रहेको छ । आफु पनि कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीमा लागेका अरुण कांग्रेसका युवाको भोट पनि आफुले पाउने दावि गर्छन् ।

‘सवै क्षेत्रमा जाँदा युवाको रोजाइमा हामी पर्ने गरेका छौं,’ चौधरीले भने, ‘बुढापाकाको पनि राम्रै सद्भाव पाएका छौं, त्यसैले हामी चुनाव जित्ने छौं ।’

चुनाव जिते सडक, कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए । ‘विद्यालयमा हुने फोहोरी राजनीति अन्यत गरेर शिक्षामा परिवर्तन ल्याउने मेरो एजेण्डा हो,’ उनले भने, ‘त्यसबाहेक पहाडी भेगमा कृषिको आधुनिकिकरण र स्तरिय सडक निर्माण गर्नुपर्छ भन्ने लागेको छ ।’

चौधरीको दल नयाँ भए पनि उनी परिचित नै अनुहार हुन् । तत्कालीन फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा पुगेका उनी २०७४ को चुनावमा प्रदेशसभा सदस्यको उम्मेदवार थिए । सो चुनावमा उनि दोश्रो बढी मत ल्याउने उम्मेदवार रहेका थिए ।

कैलाली क्षेत्र नम्बर–२ मा लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका वडा २, ५, ८ र ९ तथा मोहन्याल गाउँपालिकाका वडा नम्बर १-४ पर्दछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९