ग्राण्डी र नर्भिकअस्पतालमा काम गर्ने डाक्टरसँग बिहे गरेकी नेहा चौधरीको भित्रि कथा यस्तो रहेछ

काठमाण्डौ – ग्राण्डी र नर्भिकअस्पतालमा काम गर्ने डाक्टरसँग बिहे गरेकी नेहा चौधरीको भित्रि कथा यस्तो रहेछ।निर्वाचन आयोग द्वारा मतदाताहरुमा अनुरोध। माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको सारथि बन्छु, जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी थिइन् महोत्तरी औरहीकी नेहा चौधरीले ।काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दा उनको महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ का पंकज चौधरीसँग प्रेम सम्बन्ध भयो । पंकज एमबीबीएस डाक्टर थिए ।प्रेम जीवन्त बनाउन उनीहरुले बिहेका लागि आफ्ना घरपरिवारसँग कुरा गरे । दुवैले एक अर्कालाई मन पराएको हुनाले घरपरिवारले सम्बन्ध सहजै स्वीकार गर्‍यो । मन पराएको मान्छेलाई श्रीमानको रुपमा पाउँदा नेहाको खुसीको सीमा थिएन ।नेहाका ससुरा रामप्रवेश चौधरीले विवाहका लागि नेहाको परिवार समक्ष पंकजलाई डाक्टरी पढाउन लागेको सबै खर्च व्यहोर्नुपर्ने शर्त राखे ।नेहाका अनुसार बुवा सुरेश चौधरीले पंकजको परिवारलाई ५१ लाख रुपैयाँ दिए ।पकजको परिवारले इंगेजमेन्टका लागि लगन निकाल्यो । पंकजको परिवारले बर्दिबासको गुञ्जा होटलमा इंगेजमेन्ट गर्ने भन्यो ।२०७७ फागुन ६ गते उनीहरुको इंगेजमेन्ट भयो । इंगेजमेन्ट भएको एक वर्षपछि २०७८ फागुन २५ गते नेपाली धार्मिक परम्परा अनुसार उनीहरुले जनकपुरको राजदरबार होटलमा धुमधामसँग विवाह गरे ।नेहाका अनुसार विवाहमा २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान दिँदा करिब १ करोड २५ लाख रुपैयाँ खर्च भएको थियो ।श्रृङ्गारका सामानको पसल चलाउने सुरेशको आर्थिक अवस्था छोरीको विवाहमा करोडौं खर्च गर्ने थिएन । तर छोरीले मन पराउने, माया गर्ने बताएपछि उनले एक ठाउँको घर र दुई ठाउँको जग्गा बेचेर विवाह खर्च जुटाएका थिए ।विवाहका लागि दिइएको नगद र सरसमान पंकजको परिवारको इच्छा अनुसारकै थियो ।विवाहमा करोड बढी खर्च लागे पनि नेहा–पंकज निकै खुसी थिए । उनीहरुको तीन वर्षदेखिको सपना पूरा भएको थियो ।श्रीमान एमबीबीएस डाक्टर । काठमाडौंको नामी अस्पताल ग्राण्डी र नर्भिकमा काम गर्ने ।हुनेखाने खानदान, जेठाजु–जेठानी अमेरिका । नेहालाई कुनै चिन्ता थिएन ।विवाहको दुई महिनासम्म घर परिवार तथा पंकजले राम्रै व्यवहार गरेका थिए । तर दुई महिनापछि पंकजको परिवारका सदस्यले नेहालाई मानसिक तनाव दिन थाले । ‘तेरो विहेका कारण अमेरिकामा रहेका मेरा छोरा बुहारी आउन पाएनन् ।बिहे सोचेको जस्तो भएन । तैले गर्दा मेरो परिवार एक हुन सकेन’, सासु गोदावरी देवी चौधरीले भन्थिन् ।विवाह भएको दुई महिनापछि सासु–ससुरा अमेरिका गए । श्रीमान कामका लागि काठमाडौं फर्किए । बिहेअघि नेहाले आफू पनि श्रीमानसँगै काठमाडौंमा बस्ने र पढाइलाई निरन्तरता दिने बताउँदा पंकजले स्वीकार गरेका थिए ।

तर पंकज काठमाडौं फर्किँदा नेहालाई महोत्तरीमै छाडेर फर्किए । सम्झाइ बुझाइ गर्नुको साटो ‘मैले तलाई काठमाडौंमा राख्न बिहे गरेको होइन, घरमा बाआमाको स्याहार गर्नलाई हो’, भनेर ध’ म्क्याएको नेहाले बताइन् ।नेहा पंकजकी बहिनी रेखासँग महोत्तरीमै बस्न थालिन् ।

रेखाले हरेक दिन आफ्नो बारेमा सासुससुरा र पंकजलाई अनर्गल कुरा लगाउने गरेको नेहा बताउँछिन् ।पंकज घर फर्किँदा नेहाले आफूलाई पनि काठमाडौं लैजान आग्रह गर्थिन् । तर पंकजले आग्रह सुन्नुको साटो नेहालाई गाली गलौज गरेर हातपात गर्थे ।

‘बुबाआमालाई भनेर काठमाडौंमै घर किन, अनि सँगै राखौंला भन्नुहुन्थ्यो’, नेहाले भनिन्, ‘एक दुईपटक त मेरो भाइ र आमालाई पनि पंकजले यो कुरा मेरै समक्षमा भन्नुभएको छ ।’घरमै बस्दा पनि नन्द र सासुले आफूमाथि शंका गरेर तनाव दिएको नेहा बताउँछिन् ।

घरमा नन्द र सासु ससुराले तनाव दिन थालेपछि उनले श्रीमानलाई काठमाडौं लैजान फेरि आग्र्रह गरिन्, कलेज भर्ना गरिदिन भनिन् । तर पंकजले किन पढ्नुपर्‍यो भन्दै गाली गरेको नेहा सुनाउँछिन् ।‘कलेज पढ्छु भन्दा किन पढ्नुपर्‍यो, काठमाडौं लैजानुस् भन्दा तेरो बाउले घर किनेर राखेको छ र भनेर उल्टै गाली गर्नुहुन्थ्यो’, नेहा भन्छिन् ।

घरमा सासुले उनलाई मोवाइल चलाउनसमेत रोक लगाएकी थिइन् । पंकज बिदामा घर आउँदा नेहासँग राम्रोसँग बोल्दैनथे । कुटपिट र यातना उस्तै थियो । पंकजको कुटाइबाट नेहाको पिसाबबाट रगत बग्न थाल्यो । तर रगत बगेको कुरा सुनाउँदा सासुले हाँसेर उडाएको र पंकजले पनि वास्ता नगरेको नेहाले बताइन् ।

पीडा सहन नसकेपछि माइती पुर्‍याइदिन आग्रह गर्दा पंकज र उनकी आमाले नेहाको बाआमालाई फोन गरेर ‘तपाईंकी छोरी पागल भइसकी घर लैजानुस्’ भनेको उनले बताइन् ।त्यसपछि आमा र भाइ आएर नेहालाई माइती लिएर गए । त्यहीँबाट मेडिकल गइन् ।

मेडिकलले उपचार गर्न नसक्ने बताएपछि उनी जनकपुरको अस्पताल गइन् । चिकित्सकले एक साता अस्पताल बसेर उपचार गर्न सुझाव दिए पनि परिवारको डरले भर्ना हुन नसकेको नेहा बताउँछिन् ।‘दुई हप्तासम्म दिनको दुईवटा सुई र औषधी लिएर बाँचेकी हुँ, मलाई पंकज र उसको घरपरिवारले पागल करार गरेर मार्न खोज्यो ।

मन मुटु दिई जिन्दगी सुम्पिएको मान्छेले धोका दियो । मेरो संसार अँध्यारो बनायो’, नेहाले भावुक हुँदै सुनाइन् ।नेहा माइतीमै बसिरहेकी थिइन् । पंकजले फोन गरेर घर जान भने । नेहाले काठमाडौंबाट फर्किँदा आफ्नो माइतीमा पस्न भनिन्, त्यसपछि सँगै जाने बताइन् ।

पंकजले मानेनन्, उल्टै नेहाका बाआमालाई फोन गरेर ‘तिम्री छोरीलाई घरभित्र पस्न दिन्न’ भने ।सासु र ससुराले नेहाको माइतीबाट उनको रिपोर्ट र औषधीसमेत मगाए । केको औषधी खान्छेस् भनेर सासु र पंकजले झम्टिए ।पंकजको कुट्दा एक दिन नेहाले मलाई कुटाइ खाएर मर्नु छैन प्रहरीलाई खबर गर्छु भनिन् ।

त्यसपछि झन् अर्धचेत हुने गरी कुटिइन् । हात बाँधेर ताल्चा लगाएर कोठाभित्र थुनिदिएको नेहा बताउँछिन् । पंकज र उनकी आमाले नेहाकी आमालाई फोन गरेर तपाईंकी छोरी लैजानुस् भने ।आमा र भाइ आएर नेहालाई लिएर गए । माइती पुगेपछि उनले प्रहरीसमक्ष गई पंकजविरुद्ध ४ कात्तिकमा घरेलु हिंसाको निवेदन दिइन् ।

चार दिनपछि प्रहरीले छलफलका लागि पंकज र नेहालाई बोलायो । पंकजले प्रहरीसमक्ष नै नेहालाई राख्न सक्दिन, सम्बन्ध विच्छेद गर्छु भने ।नेहाले सम्बन्धबिच्छेद चाहेकी थिइनन् । उनले पंकजको खुट्टा ढोगेर बिन्ती बिसाइन् । पंकजले प्रहरीकै सामु नेहालाई कुटपिट गरे, कुनै हालतमा घर नलैजाने बताए ।

प्रहरीले पंकजलाई दुई दिन थुनामा राख्यो । उनले २० मंसिरपछि नेहालाई घर लैजान्छु भनेपछि प्रहरीले पंकजलाई छाडेको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले नेहाले पंकज विरुद्ध घरेलु हिंसा विरुद्धको जाहेरी दिएको बताए । ‘घरेलु हिंसाको मुद्दा दर्ता भएपछि हामीले पंकजलाई दुई दिन थुनामा राखेका हौं ।

नेहालाई घर लैजान्छु भनेपछि छाडेका हौं’, उनले भने, ‘केटीपक्ष मिलापत्र गर्न तयार छ, तर पंकज र उसको परिवारले मानेको छैन ।’थु’नामुक्त भएलगत्तै पंकजले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे । ‘मैले दुःख पीडा सहे पनि मिल्न खोजेकी थिएँ ।

२० गते पछाडि घर लैजान्छु भनेर पंकजले जिन्दगीबाट निकाल्न खोजेका रहेछन्’ नेहाले भनिन् ।नेहाले पनि पंकजविरुद्ध अंशमुद्दा दिइन् । तर, नेहाले मुद्दा दर्ता गर्नु भन्दा अघि नै पंकजका बाबुले सबै सम्पत्ति छोरीहरुको नाममा बकसपत्र गरिदिएको नेहा बताउँछिन् ।

‘सम्पत्तिको लालचले मैले मुद्दा दर्ता गरेकी होइन । कुनै विकल्प नभएपछि यहाँसम्म पुगेकी हुँ’, नेहा भन्छिन् ।पढेर बैंकमा काम गर्ने सपना थियो नेहाको । तर अहिले न उनको पढ्ने रहर पूरा भएको छ । न त माया गरेको मान्छेसँग सुन्दर संसार बसाउने नै ।

उनले आफूमाथि अन्याय भएको भन्दै शुक्रबार दिउँसो साढे ११ बजे फेसबुकमा लामो स्टाटस लेखेकी छन्, जसले सामाजिक सञ्जालमा धेरै चर्चा पाएको छ ।पंकजले भने नेहाले आरोप लगाए अनुसारको घटना नभएको दावी गरेका छन् । उनले भने, ‘नेहाले बाहिर भनेको, फेसबुकमा लेखे अनुसार घटना भएको छैन, अदालतमा र प्रहरीमा मुद्दा चलिरहेको छ, म यस विषयमा थप केही बोल्दिन ।’अनलाइन खबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै

कञ्चनपुर, कञ्चनपुरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक अझै पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् । इँट्टा उद्योग, निर्माण क्षेत्र, कृषि तथा घरेलु काममा संलग्न श्रमिकले सुरक्षा सामग्री बिना नै खतरायुक्त कार्यमा संलग्न रहँदै आएका छन् । त्यसमा पनि महिला र पुरुषबीच ज्यालामा गहिरो विभेद...

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ,  कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।     हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ ।...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

दोधारा चाँदनी (कञ्चनपुर),  चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९