बर्दगोरिया गठबन्धनले भन्यो–‘वृद्धभत्ता रोकेको आरोप मिथ्या र भ्रामक हो’(भिडियो सहित)

ज्येष्ठ नागरिक खाली हात घर फर्किए

कैलाली । स्थानीय चार राजनीतिक दलले स्थानीय तहमार्फत् वितरण गरिने सामाजिक सुरक्षा भत्तामा रोक लगाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । निर्वाचन आयोग द्वारा मतदाताहरुमा अनुरोध।कैलालीको बर्दगोरियामा गाउँपालिकामा रहेका सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलले मंगलबार बौनियाँमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि आपत्ति जनाएका हुन् । गाउँपालिकाको वडा नम्बर १ र ३ मा सोमबार वितरण गर्न लागिएको सामाजिक सुरक्षा भत्ता पूर्व सूचना बिना एकाएक रोकिएपछि ज्येष्ठ नागरिक खाली हात घर फर्किएका थिए ।वडास्तरमै ज्येष्ठ नागरिकलाई बोलाएर वितरण गर्ने तयारी गरिएपनि आसन्न मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आचारसंहिताले वितरण गर्न नमिल्ने भन्दै बैंक कर्मचारी जान नमानेपछि रोकिएको थियो । वृद्धवृद्धा रित्तो हात घर फर्किएपछि स्थानीयले जनप्रतिनिधि र राजनीतिक दलप्रति लक्षित गर्दै विरोध जनाएका हुन् ।बर्दगोरियामा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलले संयुक्त पत्रकार सम्मेलनमा गठबन्धनले वृद्धभत्ता वितरण कार्य रोकेको आरोप मिथ्या र भ्रामक भएको जनाएका छन् ।नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिका अध्यक्ष रामबहादुर साउँद (आयाम) ले स्थानीय तहको अधिकारमा रहेको विषयमा राजनीतिक दलले अवरोध गरेको भन्नु मिथ्या र भ्रामक आरोप भएको बताए ।साइनो

 

कोष लेखा नियन्त्रण कार्यालय मार्फत् आजभन्दा २१ दिन अघि निकासा भएको सामाजिक सुरक्षा भत्ता रकम बैंकमा जाम किन भयो ? वृद्धवृद्धा ज्येष्ठ नागरिकलाई वितरण गर्न कसले रोक्यो ? उनले भने, ‘यो कमिकमजोरी राजनीतिक दलको नभइ स्थानीय जनप्रतिनिधिको हो ।’ प्रशासन र स्थानीय तहको अधिकारको विषयमा राजनीतिक दलमाथि लक्षित गरी विरोध जनाउनु सान्दर्भिक नभएको उनको भनाइ थियो । गाउँपालिकाका अध्यक्षको अधिकार र निर्णयबाट हुने कुरा कसरी अरुले रोक्न सक्छन् ? उनले भने, ‘यो निर्वाचनको बेला पराजित मानसिकताले त्रसित भएको एमालेले कसरी गठबन्धनका उम्मेदवारलाई पराजित गर्न सकिन्छ भनेर लगाइएको झुठो आरोप हो ।’ उनले एमालेले जनतामा भ्रम सिर्जना गरी जित हासिल गर्ने प्रपञ्च रचेको बताए । उनले जनताले पाउने सेवासविधा समयमै पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । यस्तै, नेपाली कांग्रेस बर्दगोरियाका सभापति कृष्ण विष्टले सरकारी निकायले सरकारी प्रक्रियाकामार्फत् रकम निकासा गर्ने भएकाले गठबन्धनमाथि लगाइएको आरोप मिथ्या र झुठो भएको बताए । उनले सार्वजनिक पदधारण गरेका जनप्रतिनिधिबाट नै गैरजिम्मेवारी काम भएको भन्दै आपत्ति जनाए । वडाका अध्यक्ष र पालिका अध्यक्षले भम फैलाएको आरोप लगाए । उनले भने, ‘यदि गाउँपालिकामा आएको वृद्धभत्ता रकम गाउँपालिकाले चाहे केही दिन लम्ब्याउन सक्ने तर, वितरणमा रोक्ने अधिकार कसैलाई पनि छैन । गाउँपालिका कार्यसमिति बाहेक अरु कसैले पनि रोकेको भन्नु मिथ्या आरोप हो ।’ निर्वाचन लक्षित गरी निर्वाचनलाई असर नपर्ने गरी सम्बन्धित तहबाटै रोकिएको हो भन्ने मैले बुझेको छु, उनले भने, गठबन्धनले रोकेको भन्नुमा कुनैपनि सत्यता छैन ।’

भिडियो सहित हेर्नु होस् 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९