बौनियाँ – कैलाली क्षेत्र नं २ (ख) का नेकपा एमालेका प्रदेश (ख)का उम्मेदवार डेजी पाण्डेले वडा नम्बर १ का स्थानिय जनता संग आफुले जिते बजार क्षेत्रमा बिकासले फड्को मार्ने बताए । घरदैलोको क्रममा नेकपा एमालेले यहाँको बिकास, समृद्धिका लागि नेकपा एमालेका प्रदेश (ख) का उम्मेदवार पाण्डे लाई भोटहाल्न अपिल गरेको छन् ।
यति बेला नेकपा एमालेले उम्मेदवार सहित मतदाताको घरघरमा पुगेर मत मागिरहेको छन् । बौनिया हाटबजारमा आज युवाहरुको बथान नैं नेकपा एमाले प्रवेश गरेका हुन । मंगलबार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) को बौनिया बजारमा घरदैलो अभियान चलि रहदा हेम बमको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि करिव ५० जना युवा एमाले प्रवेशको नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी उप – सचिव मिलन ओलीले वैज्ञानिक मिडियालाई जानकारी दिनु भएको थियो । नव प्रवेसीहरुलाई प्रदेश सभा (ख) का उम्मेदवार डेजी पाण्डेले टीका लगाएर स्वागत गरेका थिए । नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरि बम नेतृत्वमा उनिहरु एमाले प्रवेश गरेका हुन । नव प्रबेशिहरुले अब आफुहरु एमाले जिताउन लाग्ने प्रतिबद्धता जनाएका छन । उनिहरुलाई स्वागत गर्दै उम्मेदवार डेजी पाण्डेले आफू यस क्षेत्रको भएका कारण युवाहरु सबै एक जुट भएर लाग्न आग्रह गर्नु भयो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी एमालेका उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेमा स्थानीय नेता कार्यकर्ताबाट सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलो मार्फत बाँढिरहेका छन् । नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ मा बलियो रूपमा देखिएको छ। घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहयोग समर्थन प्राप्त गरेको नेकपा एमालेका उम्मेदवार डेजी पाण्डेले बताए । निर्वाचनको मिति नजिकिए संगै नेकपा एमालेले अहिले झपट रावल र डेजि पाण्डेलाई जिताउनु पर्ने भन्दै व्यापारीहरु संग मत मागिरहेका छन् ।