Baigyanik Media

Advertisment

SKIP THIS

चुनावको मौकामा काठ तस्करी, बर्दगोरियाबाट २ जना पक्राउ

  • चार गोलिया सालको काठसहित २ जना पक्राउ
  • कैलाली । आसन्न मंसिर ४ गते हुने आमनिर्वाचनको मौका छोपी लुकिछिपी काठ तस्करीमा संलग्न दुई जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकौवाबाट गएराति ठूलो परिणामको काठ तस्करी गरिरहेको अवस्थामा दुई गोरुगाडा (डलब) सहित पक्राउ गरिएको सबडिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।निर्वाचन आयोग मंगलबार राती १२ बजे दानुफाँटा नमुना सामुदायिक वन क्षेत्रबाट उक्त काठसहित तस्करीमा संलग्नलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ पर्नेमा बर्दगोरिया–६ विशालनगरका रहेको र उनीहरुको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गरिने सबडिभिजन कार्यालय पहलमानपुरका वन रक्षक समिर सिंहले बताए । ‘पक्राउ परेका व्यक्तिहरु र काठ सबडिभिजन कार्यालय पहलमानपुर वन कार्यालयमा लैजादैछौँ । उनले भने, ‘तस्करीमा संलग्न र काठको विवरण हामी केहीबेरमा मुचुल्का उठाएर सार्वजनिक गर्ने तयारीमा छौँ ।’ पछिल्लो समय सामुदायिक वन क्षेत्रबाट काठ तस्करीका घटना बढ्दै जान थालेका छन् । आम निर्वाचनको मौका छोपी अवैधरुपमा काठ तस्करी बढ्दै जानुले सरोकार राख्ने निकायको मौनता र निगरानी कति फितलो छ भन्नेमा प्रश्न उठ्ने गरेको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation