कैलाली – दलित अगुवाहरुको भेटघाट तथा छलफल कार्यक्रम लम्कीको शान्ति होटलमा सम्पन्न भएको छ । नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटी अध्यक्ष तथा नेपाल दलित मुक्ति मोर्चा प्रदेश कमेटी सदस्य ध्वज बाहादुर सुनारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि लोक तान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार भगत बडुवाल रहनुभएको थियो । विशिष्ट अतिथिमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार क्षेत्र नं २ (क)का कमल बहादुर शाहा रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा पूर्व शिक्षा मन्त्री मोहन सिंह राठौर, सुदूरपश्चिम प्रदेश स्तरीय वादी उत्थान समेतिका अध्यक्ष रमा वादी,र समाज वादी पार्टीका प्रदेश कमेटि सदस्य कम्रेड अग्नि सिखा रहनुभएको थियो। कार्यक्रममा लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका दलित समुदायका अगुवाहरुको सहभागिता रहेको थियो। कार्यक्रमको आयोजना लोकतान्त्रिक बाम गठबन्धनका दलित समुदायका अगुवाले गरेका थिए भने कार्यक्रमको सञ्चालन चन्द्र विश्वकर्माले गरेका थिए ।