शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.को दशौँ वार्षिक साधारणसभा सम्पन्न 

पश्चिम नवलपरासी- शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारणसभा कार्यक्रम गुठी सुर्यपुरामा सम्पन्न भएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।संस्थाको अध्यक्ष भगवन्त प्रसाद धवलको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अाथित्यथामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले व्यक्तिको प्रवृत्ति र गलत कामले गाउँपालिका भित्रका केही संस्था बद्नाम हुनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उनले त्यस्ता कार्यमा सङ्गलन रहेका व्यक्ती वा सहकारीलाई जाच गरेर गाउँपालिकाले निकट भविष्यमा कानुनी दायरा भित्र ल्याएर कार्यवाही गरिने तयारी भइरहेको बताए । गाउँपालिका क्षेत्र भित्र ४२ सहकारी संस्था मध्ये १७ वटा बचत तथा ऋण सहकारी संस्था दर्ता रहेको बताउदै प्रमुख अतिथि यादवले पछिल्लो दिन केही संस्थाले सहकारीको सात सैद्धान्तिक सिद्धान्तको तहत वित्तीय अनुशासनको पाठलाई कुन कुन सहकारीले पालना गरेको नगरेको गाउँपालिकाले नजिकबाट नियाल्दै छिटै जाँच गरि कार्यवाहीको तयारी भइरहेको जानकारी दिए । वहाले सहकारीको उचित मुल्यांकन अनुसार गाउँपालिकाले सदैव सहयोग गरिरहने बताए ।

साथै कृषकहरूका कृषि गर्नको लागि माटो परीक्षण प्रयोगशाला ५० लाख बराबरको बेलाटारीमा स्थापना गरिनेछ भने प्रतापपुर गाउँपालिकाको कृषकहरूका खेतमा कृषि सिचाइ गर्नको लागि बोरिङ ,मोटर र विधुतको लागि पोल र तारको ब्यवस्था गरि कम खर्चमा किसानहरू विधुतीय सिचाइको लागि व्यवस्था गर्ने अध्यक्ष यादवले बताउनु भयो ।

सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसाको बचत गर्ने बानीको विकास गर्नु पर्छ बताउदै गाउँ टोलहरूमा चर्को ब्याजमा पैसा दिनेहरूसँग मुक्ति दिलाउनको लागि सहकारीलाई धन्यवाद दिदै सहकारी संस्था सफलताको लागि शुभकामना दिनु भएको थियो ।

संस्थाले साधारणसभाको एकदिन अगाडि २०७९/०८/१६ गते नि:शुल्क अाँखा शिविर सञ्चालन गरेको थियोे जसमा ३३० जनाले जाँच गराउँदा १९८ जनामा मोतिविन्दू भेटिएको थियोे जसको नि:शुल्क शल्यक्रिया डा.विनोद निता कडेल अाँखा अस्पताल परासीमा गराउने व्यवस्था मिलाएको छ।

सो कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव , गण्डक नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता नागरिक साकोस रूपौलियाको अध्यक्ष दीर्घजीवि पोखरेल लगायतले शुभकामना मन्तव्य दिनुभयो । २०६९ सालमा स्थापना भएको सहकारीले २२ करोड ९९ लाख ४० हजार १ सय ९९ रुपैयाँ ३९ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाको कोषाध्यक्ष बलवन्त कुर्मीले जानकारी दिनुभयो। ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९