
कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ६ ले हिजो देखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सानिमा बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् । स्थानिय सेवा ग्राही खुसी प्रकट गर्दै वडावासीले बर्दगोरिया गाउँपालिका लाई धन्यवाद दिएका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका स्थानीय घर छेउबाटै सेवा पाएपछि खुसीले गद्गद भएका छन् । भत्ता बुझन पुगेका जनताहरूको मुहारमा मुस्कान भरिएको देखिन्थ्यो ।
७० बर्षीय गौमती विश्वकर्माले वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै खुसी लागेको बताउनुभयो । उहाँले बैंकमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको बताउनुभयो ।
८० बर्षीया परदेशी डगौराले वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि आफूहरू जस्तो बृद्धबृद्धालाई निकै सहज भएको बताउनुभयो । ४१ बर्षीया मोती देवी विकले वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि निकै सहज भएको बताउनुभयो ।
वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले भने बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताउनुभयो । उहाँले आफूहरूले निर्वाचनका बेला गरेका प्रतिबद्धता अनुरुप नागरिकको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताउनुभयो । अरु जनप्रतिनिधि के गर्नु हुन्छ भन्दा पनि आफू जनताको सेवाको लागि के गर्ने भने बढी चिन्ता लाग्छ डगौरा थारुले भने म निर्वाचित भएको २०७४ साल बाटै आपाङ,असक्त,एकल महिला , बालबालिका , जेष्ठ नागरिक , दलित जेष्ठ नागरिक, बृद्ध बृद्धा आमा बुवाको लागि सेवा उपलब्ध गराएको थिए र २०७९ मा मलाई फेरि जनताले निर्वाचित गराउनु भयो अब घर घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्नु पर्दछ भनेर कार्यपालिकामा आवाज उठाए छू अब ती कुरा पनि लागू हुन्छ डगौरा थारुले वैज्ञानिक मिडियालाई बताउनु भयो ।
सानिमा बैंक बौनिया शाखा प्रबन्धक दिनेश पाण्डेले वडा नम्बर ६ का ४ सय ३२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिनुभयो । उहाँले अहिलेलाई बर्दगोरियाका २,५ र ६ वटा वडामै पुगेर भत्ता वितरण गर्ने गरी बर्दगोरिया गाउँपालिकाकासँग सहकार्य गरिएको बताउनुभयो ।