
नवलपरासी मितेरी कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको हो । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.७ गुठी सूर्यपुरामा मितेरी कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अथित्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ ।
आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक ब्यक्तिकाे लागि आवश्यक छ । सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसाको बचत गर्ने बानीको विकास गर्नु पर्छ बताउनुभयो । साथै व्यक्तिको प्रवृत्ति र गलत कामले गाउँपालिका भित्रका केही संस्था बद्नाम हुनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । उनले त्यस्ता कार्यमा सङ्गलन रहेका व्यक्ती वा सहकारीलाई जाँच गरेर गाउँपालिकाले निकट भविष्यमा कानुनी दायरा भित्र ल्याएर कार्यवाही गरिने तयारी भइरहेको बताए । गाउँपालिका क्षेत्र भित्र ४२ सहकारी संस्था मध्ये ९ वटा कृषि सहकारी संस्था दर्ता रहेको बताउदै प्रमुख अतिथि यादवले पछिल्लो दिन केही संस्थाले सहकारीको सात सैद्धान्तिक सिद्धान्तको तहत वित्तीय अनुशासनको पाठलाई कुन कुन सहकारीले पालना गरेको नगरेको गाउँपालिकाले नजिकबाट नियाल्दै छिटै जाँच गरि कार्यवाहीको तयारी भइरहेको जानकारी दिए । वहाले सहकारीको उचित मुल्यांकन अनुसार गाउँपालिकाले सदैव सहयोग गरिरहने बताए ।
कृषकहरूका कृषि गर्नको लागि माटो परीक्षण प्रयोगशाला ५० लाख बराबरको बेलाटारीमा स्थापना गरिनेछ भने प्रतापपुर गाउँपालिकाको कृषकहरूका खेतमा कृषि सिचाइ गर्नको लागि बोरिङ ,मोटर र विधुतको लागि पोल र तारको ब्यवस्था गरि कम खर्चमा किसानहरू विधुतीय सिचाइको लागि व्यवस्था गर्ने अध्यक्ष यादवले बताउनु भयो । आगामी दिनमा सहकारीलाई आफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको हो । सहकारी संस्थाकाे सधारण सभामा वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव , राष्ट्रिय सहकारी बैंक संचालक मुक्ति नाथ पाण्डे, गण्डक नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता ,वडा नं.८ का निवर्तमान वडाध्यक्ष कादिर अलि अन्सारी ,शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भगवत प्रसाद धवल ,रामअवतार कोईरी ,रामजी सिंह लगायतको सहभागीता थियो । २०७१ सालमा स्थापना भएको सहकारीले ४ करोड ४५ लाख ७४ हजार ७७ रुपैयाँ बराबरको आर्थिक कारोबार गरी ४ लाख ४० हजार ७ रूपैयाँ बराबरको शुद्ध नाफा गरेको संस्थाका ब्यवस्थापक कृष्ण मोहन गुप्ताले जानकारी दिनुभयो ।