
बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिकामा संचालित श्री महुन्याल माध्यामिक विद्यालयले आर्थिक वर्ष २०७८/७९ को सामाजिक परीक्षण सार्वजनिक गरको छ । पालिकाकै सबै अभिभावकहरूको मन जित्न सफल सामुदायिक विद्यालयका रूपमा स्थापित विद्यालयले शनिबार आफ्नो सामाजिक लेखा परीक्षण सार्वजनिकीकरण गरेको हो ।शिक्षक अभिभावक संघका अध्यक्ष विनोद कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य हिक्मत बहादुर कठायत रहेका थिए । यसैगरी कार्यक्रममा अतिथिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्वज बहादुर सुनारले भने सामुदायीक र संस्थागत विद्यालयमा पढ्ने बालबालिकाको कति विभेद भएको छ त्यो सबै लाई थाहा भएकै कुरा हो बोडिङ्ग स्कुलमा पढ्ने बालबालिकालाई स्कुल विहान पुर्याउन जाने साँझ ल्याउन जाने अभिभावक सरकारी विद्यालयमा वर्षमा एक दिन पनि आफ्ना छोरा छोरीको पढाई कस्तो छ भनेर बुझन आउनु हुन भनेर दुःखेसो अभिभावकका माझ पोख्नु भयो । पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्रा जोशी, लगाएतका अतिथिहरूको सहभागिता रहेका थिए ।
विद्यालयका प्रधानाध्यापक चन्द्रिका जोशीको स्वागत मन्तव्यसङ्गै सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य कठायतले पालिकाको अग्रणी सामुदायिक विद्यालयको रूपमा स्थापित महुन्याल माध्यामिक विद्यालयको उच्च प्रससा गरे ।
उनले सामुदायिक विद्यालयको माझमा बालबालिकालाई गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न सफल भएको भन्दै पालिका मात्र नभई देशकै नमूना विद्यालयका रूपमा स्थापित गौरवको विशय भएको भन्दै थप सफलताको कामना गरे । उनले यस विद्यालयको वृद्धि विकास र समृद्धिका लागि आफुले सदैभ सक्दो सहयोग गर्ने बताए ।
उनले शिक्षाका साथै जवाफदेहिता र पारदर्शीताका क्षेत्रमा महुन्याल माध्यामिक विद्यालयले गरेको काम अग्रणी रूपमा रहेको बताए । आर्थिक वर्ष २०७८/७९ को सामाजिक परीक्षण सार्वजनिकीकरण कार्यक्रममा २ करोड ३० लाख ६१ हजार ८ सय ९७ रूपैयाँ ७३ पैंसा विद्यालयका सामजिक परीक्षण उप-समिति सदस्य पुष्कर सुनारले आर्थिक प्रतिवेदन प्रसतुत गरेका थिए । महुन्याल माध्यामिक विद्यालयले २०६४ सालमा प्राबिको अनुमति पाएको थियो । २०४६ सालमा स्थापना भएको विद्यालयमा अहिले सम्म अध्यनरत विद्यार्थी १२ सय जना छात्र छात्रा छन ।