बुधबार, अशोज २३, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

असल महिला कृषि सहकारी संस्था लिमिटेडको नौं औँ तथा तेस्रो चुनावी वार्षिक साधारण सभाबाट अध्यक्षमा पार्वती साउँद

  • तेस्रो चुनावी वार्षिक साधारण सभाबाट अध्यक्षमा पार्वती साउँद
  • कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मा निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको नौं औँ तथा तेस्रो चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    संस्थाले आफनो वार्षिक आय ब्यय सार्वजनिक गर्दै अगामी वर्षको योजना तथा कार्यक्रम पारित गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

    संस्थाले गरेको २करोड ६ लाख ६० हजार ९ सय ६७ रुपैयाँ ४८ पैंसाको आय ब्यय विवरण सार्वजनिक गर्दै एक वर्षमा १२लाख १७ हजार ९ सय ४९ रुपैयाँ ३८ पैंसा सय रुपैयाँ खुद मुनाफा गरेको साधारण सभामा सार्वजनिक संस्थाले गरेको छ ।

    संस्थाका उपाध्यक्ष झुमा कुमारी रिजालको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा अतिथिहरुले कृषि र किसानको आवश्यकता पूर्ती गर्न सहकारीले योगदान गर्ने बताएका थिए ।

    अतिथिहरुले सहकारीबाट बचत र ऋणका साथै कृषि क्षेत्रमा योगदान गर्ने, स्थानीयलाई संगठित गर्ने, समुह कार्यमा मदत गर्ने भएकाले सहकारीको मूल्य मान्यता अनुसार काम गर्न आग्रह गर्दै सभाको सफलताको शुभकामना दिएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले संस्थाले छोटो समयमा धेरैलाई संगठित गरेको र त्यसमा अधिकांश महिलाको सहभागिता भएकाले संस्थाको प्रंशसा गर्नु भएको थियो।

    त्यसैगरी विशिष्ट अतिथि वडा अध्यक्ष जगत बहादुर शाहीले सहकारी मार्फत एकीकृत गर्न सक्ने संस्था भएकोले सबैले एक जुट भएर सहकारीलाई जनमैत्री बनाउन आवश्यक रहेको बताए । शाहीले सहकारी एक अर्कालाई जोडनुको साथै साना साना पूँजीलाई एकीकृत गर्ने भएकाले त्यसको विकास र बिस्तारमा लाग्न सहकारीलाई आग्रह गरें । सहकारी सामाजिक परिर्वतन गर्ने सम्वाहकको रुपमा रहेकाले यसमा सबैको सहभागिता आवश्यक रहेको बताए ।

    त्यसैगरी कार्यक्रममा वडा सदस्य भागमल डगौरा थारुले पालिकामा नमुना सहकारीको स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै वडा सदस्य अशोक चौधरीले अरु सहकारीको जस्तो काम कागज झोलामा सिमित नपारी ब्यवहारिक रुपमा सिद्धान्त अनुसार काम गरेर गाउँको नमुना सहकारी बनाउन आग्रह गरें । उनले सहकारीको नाममा धेरै ठाउँमा बढेको बिकृतिबाट पाठ सिकेर असल कार्य गर्न र सहकारीलाई दिगोपना दिन आग्रह गरें ।

    कार्यक्रममा संस्थाकी कर्मचारी फूल कुमारी बडायकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको हो ।कार्यक्रममा बर्दगोरिया गाउँपालिका सहकारी शाखाका प्रमुख झभी ओझा,जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक बल बहादुर डगौरा, श्री सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष देवानन्द जैशी,सगरमाथा सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष वीर बहादुर चौधरी, डफ युवा क्लवका अध्यक्ष घनश्याम कुँवर, पञ्चशक्ती सिड्स कम्पनी प्राविधिक दिलीप चौधरी र निमुवाबोझी गाउँका समाजसेवी तथा बुद्धिजिवी ठाकुर प्रसाद डगौरा लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन संस्थाकी सहायक व्यवस्थापक आशिका चौधरीले गर्नु भएको थियो । संस्थामा हाल सम्म बर्दगोरिया गाउँपालिका वडा नं ४,५,र ६ वडाका ९५३ सेयर सदस्य रहेका छन् । उत्कृष्ट धान गहुँको बीउ उत्पादन गरेर सहकारीलाई दिएको भनी संस्थाले दुई जना किसानलाई सम्मान गरेको छ । मगानु कठरियाले धानको बीउ उत्पादन गरेर सम्मान पाएका हुन भने सीता चौधरीले गहुँको बीउ उत्पादन गरेको भन्दै सम्मान पाएका थिए ।

    आजै साधारण सभाबाट सात सदस्य सञ्चालक समिति गठन गरिएको छ । जसको अध्यक्षमा पार्वती साउँद उपाध्यक्षमा रमिता साउँद,सचिवमा रविनी चौधरी,कोषाध्यक्षमा तेज देवी चौधरी,सदस्यमा हीरा कुमारी कठरिया, चन्द्रा शाही र तुल्सा विक चुनिएका छन् । सोही सभाबाट तीन सदस्य लेखा समिति गठन गरिएको छ ।जसको संयोजकमा सर्मिला देवी डगौरा सदस्यमा राम कुमारी कठरिया र लक्ष्मी चौधरी रहनु भएको छ ।

     

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation