कैलाली। कैलालीको मोहन्याल गाउँपालिकाको कार्यालय चोसेकाँडामा राख्ने निर्णय भएको छ । गाउँपालिकाका कार्यवहाक अध्यक्ष कमल बहादुर साउँदको अध्यक्षतामा बसेको मोहन्याल गाउँ कार्यपालिकाको बैठकले वार्ड नं १ स्थित चोसेकाँडामा कार्यालय राख्ने निर्णय गरेको हो । सो गाउँपालिकाको कार्यालय चासेकाँडामा राख्ने विषयमा बहुमतले निर्णय गरेको हो । उक्त गाउँपालिकाको कार्यालय राख्ने विषयमा विगत ६ वर्षदेखि विवाद हुँदै आएको थियो । यसरी लामो समयदेखि विवादमा पर्दै आएको कार्यालय विषयमा गाउँपालिका अध्यक्षको कमलबहादुर साउँदको अध्यक्षतामा सम्पन्न बैठकले विगत ६ वर्षदेखि गर्न नसकेको काम गर्न सफल भएकोमा जनताले धन्यवाद दिएका छन् । यसरी मोहन्यालका जनताको चाहना अनुसार काम गर्न सफल भएकोमा कार्यबहाक अध्यक्ष साउँद धन्यवादको पात्र बनेका हुन् । किन भने उनले विगत ६ वर्षदेखि निवर्तमान गाउँपालिका अध्यक्षले गर्न नसकेको काम सबैको समर्थनमा बहुमतले पारित गराएका छन् । यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ? प्रतिक्रिया सम्बन्धित शिर्षक फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु- दीपक मनाङे बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को धमाका, एकै दिन पायो ३८० शो प्रशिक्षक मोरिन्होलाई प्रतिबन्ध र जरिवाना बेपत्ता छानबिन र सत्य निरुपण आयोगमा अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान तनहुँमा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा पक्राउ एमालेले बोलायो सचिवालय बैठक