बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका बाट ९ बोरा अवैध चिनी प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार पालिकाको बौनियाँ बजारमा रहेको चन्दा किराना पसलको बाहिर बाट र रामचन्द्र जनरल स्टोरको भित्रबाट ३/६ बोरा अवैध चिनी बरामद गरिएको हो । दुई पसल बाट १२ बोरा चिनी बरामद भए पनि तीन बोराको बिल अडिट गर्न बिल पठाएको छ पसलका साहुले बताएका छन् बिल लिएर आएको खण्डमा फिर्ता गरिने बताइएको छ ।
गोप्य सूचनाको आधारमा बरामद भएको चिनी कैलाली भन्सार कार्यालय पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँका प्रहरी नायव निरीक्षक भागीरत धामीले वैज्ञानिक मिडियालाई जानकारी दिनु भएको छ ।