मङ्लबार, माघ २४, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

मोहन्यालमा पुस २८ देखि वडाध्यक्ष कप प्रतियोगिता हुने

कैलाली। कैलालीको मोहन्याल गाउँपालिका वडा नं.१ मा पहिलोपटक ‘वडाध्यक्ष कप’ प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको आयोजनामा आउँदो पुस २८ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

‘वडाध्यक्ष कप’ अन्तर्गत भलिबल र हाजिरी जवाफ प्रतियोगिता हुने वडाध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए । प्रतियोगितामा महिला भलिबलतर्फ १६ हजार रुपैयाँ, पुरुष भलिबलतर्फ ३० हजार रुपैयाँ र हाजिरी जवाफतर्फ ६ हजार रुपैयाँ गरी कुल ५२ हजार रुपैयाँ पुरस्कार राशी रहेको वडा कार्यालयले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमलाई मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिनेछ । मोहन्याल मावि बडिकाथाईको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा वडाभित्रका टिमको सहभागिताका लागि वडा कार्यालयले बुधबार एक सूचनामार्फत् जानकारी दिएको छ ।

‘वडाध्यक्ष कप’ प्रतियोगिताले खेलकुद क्षेत्रको विकास र व्यक्तित्व विकासका लागि सहयोग पुग्ने अपेक्षा लिइएको वडाध्यक्ष बुढाले बताए । प्रतियोगिता आफ्नो टिमको सहभागिता र सफल गर्न उपस्थित भई शोभा बढाइदिन वडाबासीमा आग्रहसमेत गरिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!