बुधबार, फाल्गुन ९, २०८०

बर्दगोरिया ३ रानीकुण्डामा गाउँपालिका अध्यक्ष कुंवर द्वारा रिङ्गरोडको शिलान्यास

  • गुणस्तरीय सडक निर्माणका साथै समयमै निर्माण कार्य सक्न गाउँपालिका अध्यक्ष कुँवर निर्देशन
  • कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा ६ किलोमिटर रिङ्गरोड बन्ने भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको ६ करोड ६२ लाखको लागतमा रानीकुण्डा रिङ्गरोड बन्ने भएको हो ।रिङ्गरोडको शनिबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले शिलान्यास गर्नुभएको छ । कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी, कार्यपालिका सदस्य भिम बहादुर विस्वकर्मा, वडा सदस्य बसन्ती साउँद, रामबहादुर चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

    रिङ्गरोड निर्माणको लागि स्वार कन्ट्रक्सनले ठेक्का सम्झौता पाएको छ । रिङ्गरोडको शिलान्यास गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले गुणस्तरीय सडक निर्माणका साथै समयमै निर्माण कार्य सक्न निर्देशन दिएका छ्न । सो क्रममा उनले गाउँको विकासका लागि सडक अति आवश्यक भएको बताए ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
    error: Content is protected !!