बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कुम्भिया ग्रामीण विद्युत सहकारी संस्थाको १० औ वार्षिक साधारण सभा सम्पन्न

  • संस्थालाई अप्ठ्यारो पर्दा सहयोग गर्नेलाई सम्मान र नियमित विद्युत् बिल बुझाउने पुरस्कृत
  • कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न २ मा रहेको कुम्भिया ग्रामीण बिद्युत सहकारी संस्थाको दसौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष खकेन्द्र रानामगरको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा न २ का कार्यबाहक वडा अध्यक्ष अत्वारी डगौरा थारु प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा महालक्ष्मी ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष अमर बहादुर बम, गाउँका भलमभंसा खेदु डगौरा थारु र गाउँका समाजसेवी तथा बुद्धिजीवी उपेन्द्र बम रहनुभएको थियो। संस्थाका कार्यालय प्रबन्धक दीपक नेपालीले आर्थिक वर्ष २०७८/०७९ को करिब २० लाख ५० हजार ४ सय ८ रुपैँया १ पैंसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै कार्यक्रममा संस्थालाई विभिन्न ठाउँहरूमा अप्ठ्यारो पर्दा सहयोग गरेको भनेर गोबिन्द बम, चण्डीका रिमाल, पदमा देवी बम र खुशीराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

    त्यस्तै संस्थामा नियमित महिनाको १८ गते भित्र बिधुत महसुल तिर्ने सर्व उत्कृष्ट भिम बहादुर बम, हिरा सिंह बम र सित कुमारी चौधरीलाई डिजिटल घडी र महिनाको २५ गते भित्र विद्युत महसुल तिर्न ५ जनालाई सी •एफ •एल • चिम सहित पुरस्कृत गरिएको थियो। कार्यक्रममा वडा सदस्य मोहन चौधरी, वडा सदस्य तथा कार्यपालिका सदस्य कलावती ढुंगाना,धौली विक,पूर्व वडा सदस्य धन्नु डगौरा थारु,दोधरा विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरबहादुर चौधरी,जय महाकाली विद्युत सहकारी संस्थाका प्रबन्धक विष्णु राज जोशी, बर्दगोरिया धार्मिक तथा संरक्षण मञ्चका अध्यक्ष राम नारायण थारु, मोती भागिरथी आधारभूत विद्यालयका प्रधानाध्यापक टेक बहादुर बम,मोती भागिरथी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम राना मगर, मंगलमा युवा क्लवका अध्यक्ष नीरज चौधरी, सिर्जनशिल युवा क्लवका अध्यक्ष बिर्ख शाही,शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवीन जोशी, पिरुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पार्वती बम, बुद्धिजीवी तथा समाजसेवी भिम बहादुर बम, हिरा सिंह बम, चन्द्रादेवी बम, निर्प बहादुर शाही, हर सिंह डगौरा थारु, नाथु डगौरा थारु,पूर्व र संस्थाका अध्यक्ष जन्जिर चौधरी लगायतको उपस्थिति थियो।

    संस्थाका कोषाध्यक्ष हस्त बहादुर रानाको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपक बमले गर्नुभएको थियो। हाल सम्म उक्त संस्थामा ४९१ जना शेयर सदस्यहरु रहेका छन् ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation