कैलाली । भौगोलिक हिसाबले ग्रामीण क्षेत्रको रूपमा परिचित कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ चायाभावरमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् ।विगत लामो समयदेखि सोलार र टुकीको भरमा बस्न बाध्य स्थानीयवासी गाउँमा बिजुली पुगेपछि खुशी भएका हुन् । शनिबार चायभाभरमा बिजुलीको गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष कमल साउँद, मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बहादुर बुढा क्षेत्री, विधुत प्राधिकरण पहलमानपुरका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
नेपाल विधुत प्राधिकरण पहलमानपुर वितरण केन्द्रबाट वडा नम्बर १ का चायभावर, बडिकाथाइ, तल्लापानीसहितका गाउँमा बिजुली पुर्याउने लक्षका साथ काम थालिएको वडा नम्बर १ का वडा अध्यक्ष पिरम बुढा क्षेत्रीले बताए । उनले भने गाउँमा पहिलोपटक बिजुलि पुगेपछि स्थानीय खुशी भएका छ्न, अब गाउँ- गाउँमा लाइन विस्तार र मिटर् जडानको काम तीब्र गतिमा अगाडि बढाउछौ ।
बिजुली बिस्तारको काम पूरा भएपछि यहाँका करिब दुईसय ५० घरधुरी लाभान्वित हुनेछ्न । उनले अबको एक हप्ताभित्रमा चायभावरका ५०-६० घरमा बत्ती बाल्ने योजनासहित काम थाल्ने बताए । यता नेपाल विधुत प्राधिकरण पहलमानपुरले अबको तीन महिनाभित्र सबै घरमा बत्ती बालिसक्ने लक्ष्य रहेको जनाएको छ ।
मोहन्याल १ मा पहिलोपटक बिजुली पुग्नु निकै खुशीको कुरा भएको मोहन्याल गाउँपालिका उपाध्यक्ष कमल साउँदले बताए । उनले मोहन्याल गाउँबासीको विकास र समृद्धिका लागि आफू अहोरात्र खटिने उपाध्यक्ष साउँदले बताए ।