मङ्लबार, माघ २४, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

बर्दगोरिया धाममा माघि मेला शुरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला शुरु भएको छ ।

 

“बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ स्थास्थ्य, शिक्षा, साहित्य, कला र संस्कृती जोगाऔं” भन्ने नाराका साथ धार्मिक पर्यटकीय तथा सास्कृतिक माघी मेला शुरु भएको हो । मेलाको बिहिवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरिले औपचारिक रूपमा उद्घाटन गरेका छ्न ।

 

मेला मूल आयोजक समितिका संयोजक रामनारायण थारुको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि ,थारु भल्मन्सा, समाजसेवी तथा बुद्धिजीवीको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष कुवरले बर्दगोरिया धामको वृद्धि विकासमा बिशेश जोड दिने बताए ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले बर्दगोरिया धामको विकास र उन्नतिका लागि गुरु योजनासहित यहाँको धार्मिक ,पर्यटकीय तथा सास्कृतिक क्षेत्रको पहिचान गराउन आवश्यक रहेको बताए । विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन,रामलीला लगाएतका प्रस्तुती रहने आयोजकले जनाएको छ ।

 

मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको तिव्र विकासका साथै बर्दगोरिया धार्मिक क्षेत्र प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न माघि मेलाको आयोजना गरिएको मेला मूल आयोजक समितिका संयोजक रामनारायण थारुले जानकारी दिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!