मङ्लबार, माघ २४, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

साना किसान सहकारी बौनियाँको अध्यक्षमा विष्ट निर्वाचित

कैलाली । साना किसान कृषि सहकारी संस्था बौनियाँको अध्यक्षमा पूर्ण बहादुर विष्ट निर्वाचित भएका छन् । सहकारीको कार्य समितिका लागी कार्यक्षेत्र तोकिएको प्रत्येक वडाबाट १÷१ जना गरी १४ जना प्रतिनिधिले मतदान गरेका थिए ।

त्यस मध्ये विष्टले ११ मत प्राप्त गरी विजयी बनेका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी माघुलाल डगौरा थारुले ३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा १२ मतका साथ सीता कुमारी राजभण्डारी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ललिता चौधरीले २ मत प्राप्त गरिन ।

सहकारीले बर्दगोरियाका ६ वडा, लम्कीचुहाका ३ वडा, घोडाघोडीका २ वडा र जोशीपुरका ३ वडा गरी १४ वडामा कार्यक्षेत्र बिस्तार गरेको छ । ५ हजार १ सय शेयर सदस्य रहेको सहकारीले ५ वटा इकाई मार्फत सेवा प्रदान गरिरहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!