
कैलाली । श्री महुन्याल माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धीरेन्द्रा देवी जैशी चयन हुनु भएको छ। बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा अवस्थित महुन्याल माध्यमिक विद्यालय बाँसकोटीको विद्यालय व्यवस्थापन समिती गठन भएको छ।
जस्को अध्यक्षमा धीरेन्द्रा देवी जैशी,सदस्यहरु विर्जेश रावल, धनिराम सञ्जयाल,निर्मला विक , प्रेमा डगौरा ,फूल रानी देवी कठरिया, रामकृष्ण डगौरा थारु पदेन सदस्य र सदस्य सचिव चन्द्रिका जोशी रहेका छन् ।