बिहिबार, फाल्गुन १७, २०८०

इन्फिनिटी लघुवित्तको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्पन्न

कैलाली । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय महाकाली कञ्चनपुरमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि असुलि तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख श्री नयन देवकोटाले वित्तीय संस्थाले प्रदान गरेको वर्तमान सेवा सुविधा तथा वित्तीय साक्षरता सम्वन्धि विषयमा सहजीकरण गर्नुभएको थियो । शाखामा भएका कुल १ सय ५३ वटा समुह मध्येबाट ३ वटा समुह पुरस्कृत भएको र उत्कृष्ट बचत गर्ने सदस्यलाई समेत सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि देवकोटाले बताउनु भयो ।

 

त्यसैगरी कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० का अध्यक्ष चन्द्र बहादुर सिंहले लघुवित्तको कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो । जनताहरुको घरदैलोमा गइ वित्तीय सेवा प्रदान गरेकोले यसले आम सर्वसाधारणलाई सहज भएको बताउनु भयो ।

 

कार्यक्रममा सहभागिहरुलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा शाखा प्रमुख निलकण्ठ घिमिरेले स्पष्ट पर्नु भएको थियो । सो अवसरमा आधुनिक डिजिटल प्रविधि, मोवाईल बैंकिङ्ग संग सम्वन्धित विषयमा अनुगमन अधिकृत डिल्लीराज जोशीले सहजीकरण गर्नु भएको थियो । भवीसरा गाहा मगरको सभावतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा ९५ जना समुह प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation