सिर्जनशिल ग्रामीण विद्युत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

सिर्जनशिल ग्रामीण विद्युत सहकारी संस्थाले सबै उपभोक्तालाई बाँड्यो सी •एफ •एल • चिम

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न ४ मुडामा रहेको सिर्जनशिल ग्रामीण बिद्युत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवानन्द जैशीको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति कुवँरले विद्युत सहकारी संस्थालाई विभिन्न खण्डमा आवश्यकता परे अनुसार सहयोग गर्ने संस्थाको लागि टाँसफमर सहयोग गर्ने र पूर्व पश्चिम राजमार्गको हाइवे सडक क्षेत्रमा हाई मास्टर्स लाइट लगाउन पहल गर्ने समेत बताउनु भयो । त्यस्तै विशिष्ट अतिथिमा बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरी(लालदीप) रहनुभएको थियो।

संस्थाका अध्यक्ष देवानन्द जैशीले आर्थिक वर्ष २०७८/०७९ को करिब ४६ लाख ३० हजार ९ सय ९७ रुपैँया ६५ पैंसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै कार्यक्रममा संस्थाले उपस्थित सम्पूर्ण अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।

सोही कार्यक्रममा पूर्व अध्यक्ष सुलील शाही, पूर्व उपाध्यक्ष शिवराज सापकोटा, पूर्व सचिव जगत वहादुर शाही र संचालक समितिका सदस्य स्वर्गीय मन बहादुर साउँदको छोरालाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो। संस्थामा रहेका सम्पूर्ण सेयर सदस्यहरुलाई सी •एफ •एल • चिम सहित पुरस्कृत गरिएको थियो।

कार्यक्रममा सहकारी शाखा बर्दगोरिया गाउँपालिका प्रमुख झबिराज ओझा, सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाका संस्थापक अध्यक्ष घमन सापकोटा,साना किसान कृषि सहकारी संस्थाका संचालक समितिका सदस्य तेज प्रताप मल्ल, मुडा बजार विकास समितिका वरिष्ठ उपाध्यक्ष मंगन चौधरी,महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरत कुमार शाही, असल महिला कृषि सहकारी संस्थाका अध्यक्ष पार्वती साउँद, सुन्दरपुर ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष सुमन ओली, डफ युवा क्लवका अध्यक्ष घनश्याम कुंवर, हिमालय युवा क्लवका अध्यक्ष विकास गाैतम, छतीवन सामुदायीक वन उपभोक्ता समूहका सचिव लाहानु कठरिया, जगनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश डगौरा, सिर्जनशिल ग्रामीण विद्युत सहकारी संस्थाका पुर्व अध्यक्ष जनक साउँद,पूर्व अध्यक्ष भक्त राज आचार्य,पूर्व अध्यक्ष सुशील शाही, पुर्व उपाध्यक्ष शिवराज सापकोटा,समाजसेवी बुद्धिजिवी मिन बहादुर बम,लक्षमण सापकोटा, जगराम चौधरी, हर्क बहादुर साउँद,युवा समाजसेवी देवेन्द्र शाही र बुद्ध चिल्ड्रेन एकेडेमीका बुद्ध राम चौधरी लगायतका अतिथिहरु रहनु भएको थियो ।

संस्थाका उपाध्यक्ष दिल वहादुर सापकोटाको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ट संचालक समिति सदस्य लाल बहादुर विश्वकर्माले गर्नुभएको थियो। हाल सम्म उक्त संस्थामा ६१६ जना शेयर सदस्यहरु रहेका छन् ।

संस्थाको रिक्त रहेको पदमा एक जना सचिव र दुई जना सदस्य सर्व सहमत चयन गरिएको छ ।

जसको सचिवमा महादेश चौधरी सदस्यमा जानकी बम र राजु चौधरीलाई सदस्यमा निर्वाचित हुनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९