नेशनल टिचिङ्ग इंग्लिश बोडिङ्ग स्कुलको प्रथम वार्षिक उत्सव सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डामा रहेको नेशनल टिचिङ्ग इंग्लिश बोडिङ्ग स्कुलको प्रथम वार्षिक उत्सव शनिबार रानीकुण्डामा सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले नाच , नाटक अभिनय लगायतका विभिन्न कलाहरू देखाएका थिए I विभिन्न विधामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी लाई पुरुस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र न्यौपानेको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख आतिथ्य रहनु भएकाको कार्यक्रममा विशिस्ट आतिथ्य बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवँरले जानेको कुरा व्यवहारमा उतार्न सके बोडिङ्ग स्कुलको स्तर स्वतः वृद्धि हुने बताउनु भयो। बाल विकासमा विशेष ध्यान दिन नसकेको कारण राम्रो जनशक्ति उत्पादन हुन नसकेको बताउनु भयो । विद्यार्थीको मनोविज्ञान अनुसारको पढाई गर्नु पर्ने समय आएको बताउदै विद्यार्थीको मनोभावना अनुसारको शिक्षा नै आजको अनावश्यक्ता रहेको बताउनुभयो।

 

शिक्षा मन्त्रालयले शिक्षा संग सम्बन्धीत सबै नियम कानुन तयार पारेको तर हरेक सामुदायीक र बोडिङ्ग स्कुल विध्यालयले बुझेर पनि व्यवहारमा लागु नगरेको कारण नेपालका सामुदायीक र बोडिङ्ग स्कुल विध्यालयको अवस्था दिन प्रतिदिन बिग्रँदो अवस्थामा पुगेको भन्दै तत्काल त्यसपक्षमा ध्यान दिन विद्यालयलाई अनुरोध गर्नु भयो। बिश्वको शिक्षा सामुहिक उत्पादनतर्फ जादै गर्दा हाम्रो देश सामन्तबादी चिन्तन संस्कार र मनोबृत्तिबाट माथी नउठ्दा शिक्षामा आमूल परिवर्तन हुन नसकेको र कमिसन कै चक्करमा शिक्षा क्षेत्र रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट आतिथी वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुन सकोस् भनि शुभकामना दिनु भयो। स्थापना काल देखि केही समय सम्म विद्यालयमा भौतिक संरचना नहुंदा भुइँमा बोरा बिच्छाएर बढेको बाध्यता आजको दिनमा नरहेकोले अब अन्य कुरा लाई बिर्सेर गुणस्तरीय शिक्षामा नै केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो। नेपालका सामुदायीक र इंग्लिश बोडिङ्ग स्कुल विद्यालयहरुमा गुणस्तर खस्किदै जानु चिन्ताको विषय रहेको भन्दै त्यस तर्फ पालिका सुक्ष्मरुपले अध्ययन गरिरहेको र सुधार्नका लागि विद्यालय परिवार, शिक्षक/शिक्षिका सबै संग सहकार्य गरेर गुणस्तरीय शिक्षा दिनका लागि सधै तपाईहरु संंग हातेमालो गर्न तयार रहेको बताउनुभयो। हिजोका दिनहरूमा पर्याप्त भौतिक पूर्वाधारहरु नहुंदा विद्यार्थीहरु लाई पठनपाठनमा समस्या हुने गरेको त आज पर्यन्त भौतिक पूर्वाधारहरु हुँदा पनि शिक्षाको गुणस्तर चिन्ताजनक रहेको भन्दै सुधारगर्न आवश्यक रहेको र त्यो सुधार्नै शिक्षक/शिक्षिका, अभिभावक/विद्यार्थी, विद्यालय व्यवस्थापन समिति सबैको जिम्मेवारी भएको बताउनुभयो। कार्यक्रममा कार्यपालिका सदस्य भिम बहादुर विश्वकर्मा,वडा सदस्य तथा न्यायिक पालिका सदस्य बसन्ती साउँद,वडा सदस्य भावना विक,वडा सदस्य राम बहादुर चौधरी, बर्दगोरिया प्राइभेट स्कुल एसोशेसनका अध्यक्ष प्रमोद मल्ल, जगदम्बिके भगवती माध्यामिक विद्यालयका शिक्षक शिवराज गाैतम, न्यू जोती आधारभुत विद्यालयका प्र अ नवराज टमट्टा, दनुवाफाँटा नमुना सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष टेक राज जोशी,रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष लाल सिंह विश्वकर्मा, दोदोधरा गिरिनल्याड बोडिङ्ग स्कुलका प्रिन्सिपल तेज राज न्यौपाने,रानीकुण्डा खाने पानी सरसफाई उपभोक्ता समूहका अध्यक्ष टंक राज ओली,रानीकुण्डा स्वास्थ्य इकाईका प्रमुख भरत विक र के के युवा क्लवका महासचिव बसन्त ओली लगायतका अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षिका रचना राष्कोटीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शिखर विकले गर्नु भएको थियो । वार्षिक उत्सवमा हास्यव्यंग्य कलाकार राजेश सापोटा,देउडा गायक शम्शेर धामी र लोक तथा दोहोरी गायक दीपक बुढा क्षेत्रीको वेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा भाग्यसाली चिठ्ठा कक्षा ३,४ र ५ कक्षाका विद्यार्थीहरुलाई चिठ्ठा विभिन्न विद्यार्थीहरुले तानेका थिए । प्रथम, द्वीतृय र तृतीय हुनेलाई कापी, कलम,झोला, चाउचाउ ,नेपालको झ्ण्डा, विस्कुट, जेमेटी बक्स,र नगद पुरस्कार विभिन्न खेलका साम्रगी प्रदान गरिएको थियो । कार्यक्रममा वाक्लो रूपमा अभिभाबकको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९