बर्दगोरियामा फस्टाउँदै आर.एन.सी.को अवैध नेटवर्किङ

सरोकारवाला मुख दर्शक,  पत्रकारलाई धरपकड

कैलालीको बर्दगोरिया गाउँपालिकामा एन.आर.सी.ट्रेडिङ नाम गरेको एक नेटवर्किङ व्यवसायको कार्यालय सञ्चालनमा छ । यो केन्द्रीय कार्यालय हो भने सुदूरपश्चिमका बाकी ८ जिल्ला सहित कोहलपुर, सुर्खेत र दैलेखमा गरी थप १० वटा शाखाहरू समेत सञ्चालनमा छन् । कार्यालयका कर्मचारीहरूले दैनिक आवश्यक पर्ने बस्तुको खरिद बिक्री गरेको दाबी गर्छन् तर निश्चित मूल्य नतिरी बस्तु खरिद गर्न पाइँदैन । सामान खरिद गर्न अनिवार्य रूपमा सदस्यता लिनै पर्ने हुन्छ । उनीहरूले ५ हजार देखी २० हजार सम्मका विभिन्न स्किम राखी व्यापार गर्ने गरेका छन् । उनीहरूले बस्तु खरिद पछि आम्दानी गर्न दायाँ/बायाँ थप एक/एक जनालाई बस्तु खरिद गराउनु पर्ने बाध्यता हुन्छ । यो क्रम अर्कोमा पनि लागु हुन्छ । जसको स्वरूप पिरामिड शैलीको हुन्छ । जबकि कानुनले यस्तो व्यापारलाई बन्देज गरेको छ ।

बस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४ को दफा ११ मा पिरामिड शैलीको व्यापार गर्न नहुने व्यवस्था छ । दफा ११ मा वस्तु खरिद गर्नु पूर्व अनिवार्य रूपमा कुनै किसिमको सदस्यता लिनु पर्ने अवस्था भएको सञ्जाल युक्त कार्य तथा एक बस्तु खरिद गर्दा अन्य बस्तु समेत एकमुष्ट प्याकेजमा खरिद गर्नु पर्ने सञ्जालयुक्त कार्यलाई नेटवर्किङ व्यवसायका रूपमा परिभाषित गरेको छ । ऐनमा भएको व्यवस्था विपरीत कार्य गर्ने बिक्रेता वा वितरकलाई सरकारले ५ लाख रुपैयाँ सम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

करोडौँको राजस्व छली

यस आर।एन।सी। ट्रेडिङ बर्दगोरियाका व्यवस्थापक भीम ऐरीको कुरालाई आधार मान्ने हो भने यस कार्यालयबाट मात्रै करिब २ हजार जनाले अनिवार्य सदस्यता लिएका छन् । यसमा स्थानीयको सङ्ख्या भने अति न्यून छ अथवा छैन नै भन्दा पनि फरक नपर्ने अवस्थाको छ ।

अधिकांश मात्रामा बाहिरी जिल्लाबाट तालिम लिन यहाँ आउने गरेका छन् । संस्थाले बाहिरी जिल्लाबाट आउनेहरूबाट आवासका लागी १० हजार रुपैयाँ अनिवार्य रूपमा उठाउने गरेको छ । भने प्रायले १० हजार रुपैयाँ तिरेर सदस्यता लिएका छन् । यसलाई आधार मान्दा औषधमा एक जनाले २० हजार रुपैयाँ संस्थालाई बुझाएको आकलन गर्न सकिन्छ ।

२ हजार जनाले २० हजारका दरले संस्थालाई रकम बुझाउँदा करिब ४ करोड रकम सङ्कलन हुने देखिन्छ । अनिवार्य सदस्यता लिने भन्दा रिटेलमा बढी सामान बिक्री हुने कार्यालयको दाबी छ । यसको अर्थ उसले थप रकमहरू समेत आम्दानी गर्छ । यस्तै अवस्था थप १० वटा शाखाको पनि हो ।

खरिदकर्ताबाट करोडौँ रकम सङ्कलन गर्ने गरेको यस कार्यालयले राज्यलाई कर भने तिर्दैन । नत खरिदकर्ताको २० हजार रुपैयाँ बैङ्क मार्फत लिन्छ नत करको दायरमा आएको छ । व्यवस्थापक ऐरीका अनुसार उनीहरूले होस्टेल समेत सञ्चालन गरेका छन् । बाहिरी जिल्लाबाट आउनेहरू ३ महिना देखी एक वर्ष सम्म पनि यसै कार्यालयको होस्टेलमा रहेर काम गर्न सक्छन् । तर होस्टेल सञ्चालनको कानुनी प्रक्रिया भने पुरा गरेका छैनन् अथवा दर्ता बिनै होस्टेल चलाएका छन् । जसबाट ठुलो मात्रामा राजस्व छली भएको छ ।

सरोकारवाला मुख दर्शक

बस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४ विपरीत यस आर।एन।सी। ट्रेडिङले खुल्लेयाम नेटवर्किङ कारोबार त गरिरहेको छ नै उसले ठुलो मात्रामा राजस्व पनि छली गरेको छ । तर यस विषयमा सरोकारवाला भने मुख दर्शक छन् ।

स्थानीय सरकार छ, नजिकै प्रहरी छ, इलाका प्रशासन कार्यालय पनि नजिकै छ तर यस व्यवसायका बारेमा सबै मुख दर्शक छन् । बेला बेला सञ्चार माध्यमहरूमा यसबारे समाचार प्रसारण तथा प्रकाशन पनि हुँदै आएको छ । पत्रकारको चासो बन्ने गरेको यो विषय सरोकारवालाहरूको चासो भने अझै बन्न सकेको छैन । कसैलाई जानकारी नभएको त कसैले उजुरी नआएको भन्दै पन्छिने गरेका छन् ।

पत्रकारलाई धरपकड र धम्की

यस कार्यालयको विषयमा व्यापक गुनासो आए पछि सोमबार हामी केही पत्रकार साथीहरू त्यस कार्यालयमा पुग्यौ । जहाँ प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको प्रहरी टोली समेत सोही स्थलमा थियो ।

पत्रकार लोकु सिंह ठकुरी, रमेश बम, खेम ढुङ्गाना, टीकाराम साउँद र तपेन्द्र ढुङ्गाना त्यहाँ थियौ । पत्रकारलाई देखेपछि केही स्थानीयहरूले आफ्ना प्रतिक्रिया राखे । कार्यालयमा प्रहरीले कागजात चेकजाँच गर्दै गर्दा म्यानेजर भीम ऐरी त्यहाँ पुगे । तालाबन्दी गर्ने को हो भन्दै पत्रकार सँग जङ्गिन थाले । हामीले तालाबन्दी बारे आफूलाई थाहा नभएको भन्दै परिचय दियौ । एक छिन शान्त भएका ऐरी प्रहरीको सोधपुछमा फेरी कड्किए । तपाईँलाई हामीले नचिनेको हो । तपाई सिस्टमको कुरा गर्नु हुन्छ ? उनी निरन्तर बोले,… जागिर खान कोही न कोही त चाहिन्छ नि हैन । हामी पनि बिजनेस प्लान अनुसार सिस्टममा राख्छौ । तपाईँको के बिग्रेको छ र ?

भीम जी, तपाईँले बस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४ को व्यवस्था विपरीत काम गर्नु भयो नि रु म (लोकु सिंह ठकुरी) बोले । तपाईँलाई मैले पहिला पनि भनेको हैन र ? उनले प्रश्न गर्दै भने,… तपाईँले त हामीलाई गलत भनेर समाचार लेख्नु भयो । हाम्रो कमजोरी मात्र देख्ने र ? काम गर्ने मान्छेको खुट्टा तान्ने र ? उनी अझ उग्र भए,… मा कसम म मात्र होइन म जस्ता हजार भीम छन् । ध्यान दिनु जतीबेला जे पनि हुन सक्छ । मर्न र मार्न पछि पर्दैनौ हामी । मेरो मौनताले उनलाई अझै शक्ति दिएछ क्यारे । पर्स राख्ने खल्तीमा धाप मार्दै बोले, हामीलाई रोक्न पिछोडामे दम हे र ? उनको यो हर्कत पहिलो भने होइन ।

यस अघि रिपोर्टिङमा जाने साथीहरू सँग पनि उनले यस्तै हर्कत गर्थे क्यारे । कार्यालयबाट सबै जना तल झर्दै गर्दा उनका सयौँ डिस्ट्रब्युटरहरु नजिक आए र मनोमानी बोल्दै थिए । सर सर अघिको भिडियो डिलिट गर्न भन्नुस् न । हाम्रो बारेमा नराम्रो बोलेको छ क्या । एक बहिनीले पत्रकार टिकाराम साउँदले वैज्ञानिक मिडियाको पेजबाट गरेको लाइभ भिडियो देखाउँदै भनिन । सबैले हो मा हो मिलाए । एक छिन त आर।एन।सी हाई हाई भन्दै नारा पनि लगाए । त्यसपछि ऐरी थप भावुक बने र एकोहोरो समाचार हाल्ने भन्दै कड्किए । उनले आफू भन्दा तल्लो तहको कर्मचारी जस्तै गरी निर्देशनात्मक रूपमा लाइभ भिडियो तत्काल डिलिट दबाब दिए ।

मैले (लोकु सिंह ठकुरी) भिडियो डिलिट गर्ने कुरामा असहमति जनाउँदै बरु खण्डन गर्नुस् हामी भिडियो लिन्छौ र प्रसारण गरिदिन्छौ भने । आफ्ना सयौँ डिस्ट्रीब्युटरलाई आफू तिर बोलाउँदै उनले म मात्र किन बोल्ने यी सबै बोल्छन् । आर।एन।सी। राम्रो छ भन्छन् त्यो पनि प्रसारण गर्नुस् भन्दै निर्देशन शैलीमा बोले । अनुशासनहीन शैलीका उनका डिस्ट्रीब्युटरका क्याउ क्याउ अर्कोतिर थियो ।

मैले टिकाराम साउँदलाई ऐरीको भिडियो लिन आग्रह गरे उनले ऐरीको चाहाना अनुसार नै सबैको भिडियो खिचे । आउँ जाम भन्दै म हिँडे तर उनलाई अघि लाइभ भिडियो डिलिट गर्न भन्दै पुनः दबाब दिन थालेछन् । कतिपयले धरपकड गरेछन् । कतिपयले मोबाइल त कतिपयले मोटरसाईल नै नियन्त्रणमा लिएछन् । कतिले त खप तपाई देखाउँछु भन्दै ज्यान मार्ने धम्की समेत दिएछन् ।

डिस्ट्रब्युटर भन्छन्: तिमी जिम्मा लिन्छौ ?

आर।एन।सी।का कारण अहिले बर्दगोरियाका हाइवेमा रमाइलो छ । साँझ बिहान कमिलाको ताती झैँ लामो लाइन देखिन्छ । लाईको बारेमा बुझ्न खोज्दा कोही बोल्न मान्दैनन् । तर आज बोले । उनीहरूले कस्तो तालिम पाएका हुन कुन्नि आफ्नो भविष्यबारे सोच्नुस् हामी ठिक छौ । हाम्रो बारेमा बा आमा त सोच्दैनन् तपाई को हो र ? प्रश्न गर्दै थिए ।

सायद हामी उनीहरूले भविष्यमा भोग्नु पर्ने खतराका बारेमा संकेत गर्दै थियौ । उनीहरूलाई ऐन नियम कानुन पनि केटाकेटीको खेलौना झैँ लाग्छ । सायद सिकाउँछन् होला पनि त्यस्तै । तपाईँहरू ठिक हुनुहोला की तर ऐन विपरीतको काममा तपाईँहरू संलग्न हुनुहुन्छ नि रु मैले भने । कानुन सानुन हामीलाई मतलब छैन । हामीले आर.एन.सी.बाट लाखौँ कमाएका छौ । रोजगार पाएका छौ । हामीलाई कसरी कसले हटाउँछ हेरौँ नि हामी पनि । हामी बेरोजगार भए पनि के तपाईँले जिम्मा लिने हो । हामी सबै तपाईँको घर घेर्न जान्छौ ।

व्यवस्थापकको भ्रम: हाम्रो कारोबार वैधानिक हो

आर।एन।सी ट्रेडिङ बर्दगोरियाका व्यवस्थापक भीम ऐरले आफ्नो कम्पनीले गर्ने कारोबार वैधानिक भएको दाबी गरेका छन् । उसो त उनको मनको कुरा नै उनको लागी कानुन हो । सरकारले भनेर हुन्छ । त्यसो भए हामी कानुन मान्दैनौ ।

उनी भन्छन्,… हामीले जे कारोबार गरेका छौ त्यो सही छ । ऐन विपरीत भए पनि सही छ । यतीलाई रोजगारी दिएका छौ कसरी गलत हुन सक्छ रु अरूले पनि त गरेका छन् । तपाई हामी तिर मात्रै किन लाग्नु हुन्छ रु हामीले सामान बेचेका हौ अरू के गरेका छौ र रु १० हजार लिन्छौ सामान दिन्छौ त्यसपछि त हाम्रो सम्बन्ध सकियो नि । तर सामान किन्दा जोडिएको सम्बन्ध नेटवर्किङको बारेमा नबुझ्दा सम्म, लगानी नडुब्दा सम्म तथा थप सदस्यहरू पाइरहँदा सम्म पनि टिकी नै रहने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९