संघीयताको कार्यान्वयन र उपलब्धिको रक्षा गर्न सबै सचेत बनौँ : मुख्य मन्त्री शाह

१५ शैया दोदोधरा अस्पतालको उद्घाटन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान व्यवस्थाको सफल कार्यान्वयन र प्राप्त उपलब्धिको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । कैलालीको बर्दगोरियामा निर्माण भएको १५ शैयाको ‘दोदोधरा आधारभूत अस्पताल’ को उद्घाटन गर्दे मुख्यमन्त्री शाहले निर्वाचित जनप्रतिधि जनताप्रति जनउत्तरदायी हुनुपर्ने बताए । देशका लागि आहुती दिने सहीदका सपनाहरु साकार गर्ने सन्दर्भमा मुलुकमा संघीयता, लोकतन्त्र, गणतन्त्र आएको उल्लेख गर्दे उनले यसको रक्षा र कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्ने बताए । ‘तपाई हाम्रा हकअधिकार स्थापित गर्ने क्रममा लोकतन्त्र, गणतन्त्र र संघीयता आयो । मुलुकमा अगाडी बढ्यो तर, कतै तपाई हाम्रा क्रियाकलापले हामीलाई कमजोर बनाउँदै त छैन?’ उनले भने, समग्र व्यवस्था फेल हुने त होइन भन्नेतर्फ सचेत जरुरी छ । उनले ईमानदारिताका साथ हिजो गरेका बाचाहरु पूरा गर्न नसके सबैको दुर्भाग्य हुने बताए । सरकारले लिएका कतिपयले आयोजना, नीति तथा कार्यक्रम पूर्णता नपाएको अवस्थामा बर्दगोरिया गाउँपालिकाले समयमै अस्पताल भवनको निर्माण आयोजना सम्पन्न गर्ने अवधिभन्दा अगावै निर्माण सम्पन्न गरेको भन्दै मुख्यमन्त्री शाहले धन्यवाद दिए । सो अवसरमा उनले सुदूरपश्चिम प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य सुधार गर्न नीतिगत रुपमा निर्णय गरेर अघि बढ्न सरकारले समिति गठन गरि काम प्रारम्भ गरेको समेत बताए । मुख्यमन्त्री शाहले बर्दगोरिया आधारभूत अस्पतालका लागि आवश्यक सबै उपकरणको व्यवस्था मिलाउने आश्वासन दिए । उनले भने, ‘म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु, यो अस्पतालभित्र चाहिने औजार, मेसिनका सन्दर्भमा कसैसँग हार गुहार गर्नु पर्दैन त्यो सबै प्रदेश सरकारले नै गर्नेछ ।’ सो अवसरमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले बर्दगोरियामा कसरी निशुल्क स्वास्थ्य र शिक्षाको पहुँच जनतामा पुर्याउने भन्ने लक्ष्यका साथ अघि बढेको बताए । ‘एकवर्षभित्र गाउँपालिकाका जनतालाई कसरी स्वास्थ्य औषधी उपचारको सुविधा दिने विषयका हामी छलफलमा छौँ’ उनले भने, कसरी जनतालाई गुणस्तरीय सेवासुविधा दिन सकिन्छ भन्नेमा केन्द्रित छौँ । सो अवसरमा उनले सबैको सहयोगले अस्पताल सञ्चालनमा ल्याउन सफल भएकोमा धन्यवाद समेत दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ,  साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई रु एक करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको छ ।साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उहाँले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गर्नुभएको हो ।   मन्त्रीपरिषद्का पूर्वअध्यक्ष...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

खोज पत्रकारिता तालिम सम्पन्न, सिकेका सीप व्यवहारमा उतार्न सहभागीको प्रतिबद्धता

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको आयोजनामा सञ्चालित तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ। असार ११, १२ र १३ गतेसम्म सञ्चालन भएको तालिममा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विविध विषयमा सहजीकरण गरिएको थियो। तालिम समापन कार्यक्रम बर्दगोरिया गाउँपालिकाका सामाजिक विकास संयोजक तथा प्रवक्ता र वडा नम्बर...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

खोज पत्रकारिता तालिम सम्पन्न, सिकेका सीप व्यवहारमा उतार्न सहभागीको प्रतिबद्धता

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको आयोजनामा सञ्चालित तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ। असार ११, १२ र १३ गतेसम्म सञ्चालन भएको तालिममा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विविध विषयमा सहजीकरण गरिएको थियो। तालिम समापन कार्यक्रम बर्दगोरिया गाउँपालिकाका सामाजिक विकास संयोजक तथा प्रवक्ता र वडा नम्बर...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९