कैलाली । विश्व वातावरण दिवश कैलालीको बर्दगोरिया गाउँपालिकामा मनाइएको छ । दिवशको अबसरमा सोमबार र्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित सगरमाथा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
बर्दगोरिया गाउँपालिकाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रमको पालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि (लालदीप) ले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही, विभिन्न राजनीतिक दल,समाजसेवी ,बुद्धिजीवी, स्थानीय लगाएतको उपस्थिति रहेको थियो ।

(भिडियो सहित)






















































































































































