सेती लोक मार्गकाे कुइरा खोलामा पुल नबने आन्दोलन गर्ने स्थानीयको चेतावनी : ठेकेदारको चरम लापरबाही(भिडियो सहित)

ठेक्काको एक वर्षमा पनि किन बनेन कुइरा खोलामा पुल ?

कैलाली । निर्माण सम्झौताको एक वर्ष बित्नै लाग्दा पनि कैलालीको बर्दगोरिया स्थित कुहिरे खोलामा पुल निर्माण कार्यले गति लिन सकेको छैन । महेन्द्रराजमार्ग अन्तर्गत बर्दगोरिया गाउँपालिकाको वडा नं. २ र ३ को सीमाना जोड्ने बौनिया–साँफेबगर सडकखण्डको कुहिरे खोलामा एकवर्ष अघि सम्झौता गरिएको थियो । सडक पुल निर्माणको जिम्मेवारी पाएको नारायणनम् सेवा प्रालिको ढिलासुस्तीले उक्त आयोजनाको काम अलपत्र परेको हो । ०७९ असारमा ३३ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको थियो । तर, सम्झौताको एकवर्ष बित्नैलाग्दा पनि कामको सुरसार देखिएको छैन । ठेक्का सम्झौता गरि पुल निर्माणको काम सुचारु नगरेको भन्दै स्थानीय सरकारले निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले पालिका क्षेत्रभित्र पर्ने पुलपुलेसा निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी गरेको हो ।गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष मिथुन गौतमले योजना निर्माणलाई गति दिन निगरानी बढाइएको र ढिलासुस्तीप्रति स्थानीय सरकारले चासो दिएको बताए । ‘पुल निर्माणको ठेक्का प्रक्रियापछि पनि ठेकेदार सम्पर्कमा नआएपछि कारबाही गर्ने कार्यपालिका बैठकमा निर्णय भएको हो ।’ उनले भने, ‘पहिलोपटक चेतावनीसहित पत्राचार गर्ने र निर्णय कार्यान्वयन नभए कारबाही गर्ने भएसँगै निर्माण कम्पनीका ठेकेदार बल्लतल्ल सम्पर्कमा आएका छन् ।’

 

लामो समयदेखि पुल निर्माणलाई लथालिंग छाडिँदा गौरवका आयोजना अलपत्र पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पुल निर्माणले कहिले गति लिन्छ भन्नेमा अझै अन्यौलको अवस्था रहेको स्थानीय शिक्षक शिवराज गौतमले बताए । गौतम भन्छन्, ‘समयमै पुल नबन्दा यहाँका स्थानीयले धेरै नै सास्ती खेप्नु परेको छ, वर्षायाममा आवतजावतको समस्या छ । पुल निर्माणका लागि स्थानीय सरकारले पनि तदारुकता देखाउनुपर्थ्यो त्यो हुन सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाको काम सुचारु गरि निर्धारित समयअगावै सम्पन्न गर्न मैले पटकपटक आवाज उठाउँदै आएको छु ।’ स्थानीय जनप्रतिनिधिको निगरानी र निर्माण कम्पनीको लापरबाहीले योजना अलपत्र परेको उनले बताए ।

 

निर्माण कम्पनीमाथि खबरदारी तथा दबाब सिर्जना गरि काम सुचारु गराउने दायित्व राज्य निकायको भएको उनको भनाइ छ । एक वर्षअघि १० करोड लागतमा पुलको ठेक्का भएपनि निर्माण कम्पनीले अहिलेसम्म पुलको डिजाइन तथा प्राविधिक नाप नक्सांकनको प्रतिवेदन स्वीकृत गर्न सकेको छैन ।

 

नारायनम् सेवा प्रालिका सञ्चालक जयबहादुर खत्रीले पुलको डिजाइन तथा प्राविधिक प्रतिवेदन स्वीकृत नभएकाले ढिलासुस्ती भएको बताए । उनले निर्माणको काम रोकिनुमा सडक विभागको नै कमजोरी रहेको औंल्याए । उनले आगामी दशैँअगावै काम सुचारु गर्ने लक्ष्य रहेको बताए । कुइरे खोलामा ७० मिटर लम्बाई र ११ मिटर चौडाईको पुल बन्ने छ । यस्तै, दायाँबायाँ दुवैतर्फ २००–२०० मिटर सडक पहुँच निर्माण हुनेछ । सडक विभागको डिजाइन अनुसार नै काम सम्पन्न गरिने कम्पनीको दाबी छ ।

 

सडक विभागले हाल योजना स्थलमा सडक पुल योजनाको लागि संक्षिप्त वातावरणीय अध्ययन (बेस) प्रतिवेदन तयारीका लागि योजनाबाट प्रभावित सरोकारवालाहरुको रायसुझाव संकलन गर्ने भएको छ । विभागले यही जेठ १७ गते एक सूचना जारी गर्दै सम्झौताको एक वर्षपछि प्रारम्भिक सार्वजनिक सुनुवाइ गरिने जनाएको हो । जसअनुसार जेठ २४ गते सार्वजनिक सुनुवाइ गर्न लागिएको छ ।

सेती राजमार्ग (दक्षिणखण्ड) टीकापुर–लोडे–चैनपुर सडक योजना संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका योजना प्रमुख रमेश भट्टराईले विभागले पुलको डिजाइन तथा प्राविधिकको काम स्वीकृती दिए लगत्तै काम सुचारु हुने बताए ।

पुल र नदीकै चिन्ता

चुरे पहाडको फेदिमा पर्ने बर्दगोरिया गाउँपालिकाको वडा नं. ३ को गाउँबस्ती चौतर्फी नदीले घेरिएको छ । यहाँका स्थानीयलाई पुल र काँडा, कुहिरे खोलामा आउने बाढीको चिन्ता छ । यहाँको मुख्य समस्या पुल र नदी तटबन्ध नै रहेको स्थानीय बताउँछन् ।स्थानीय पदम तिरुवाका अनुसार हरेक वर्षायामसँगै आउने बाढीले सयौं बस्ती डुबान, अन्नबालीमा क्षति हुने गरेको छ । वर्षेनी खेतीयोग्य जमिन कटान र मठ,मन्दिर लगायतका सार्वजनिक संरचनाहरु जेखिममा छन् ।

 

उनले भने, ‘यहाँको टट्कारो आवश्यकता पुल र नदी तटबन्ध नै हो । बाटोघाटो, शिक्षा, स्वास्थ्यको क्रमिक विकास भइरहेको छ तरपनि, त्यससँगै योजना छनोट गर्दा पुल र नदी तटबन्धको प्रमुख आवश्यकतालाई प्राथमिकीकरण गरिनुपर्छ ।’ उनले पुल नहुँदा आवत जावतमा सास्ती खेप्नुपरेको र नदी तटबन्ध नहुँदा बस्ती नै जोखिममा पर्ने गरेको बताए । ‘हरेक वर्ष खेतीयोग्य जमिन नासिदा यहाँका किसान पीडित छन् तर, जनताको आवाज र समस्या सुनिदिने कस्ले ? उनले प्रश्न गर्दै भने ।’ कुहिरे खोलामा तटबन्ध नहुँदा न्यु ज्योति आधारभूत विद्यालय रानीकुण्डाको करोडौंका संरचना जोखिममा रहेको उनले सुनाए ।

 

यस्तै, सोही वडास्थित रानीजरुवा सामुदायिक उपभोक्ता समितिका अध्यक्ष लालसिंह विश्वकर्माले कुहिरे खोलाको धार परिवर्तनका लागि सामुदायिक वन उपभोक्ता समूहबाट रु २ लाख खर्चिएको बताए । ‘सामुदायिक वनको आयस्रोतले भ्याएसम्म हामीले गत आर्थिक वर्षमा नदीमा आउने बाढीको क्षति रोक्न धार परिवर्तनको पहल गर्यौैं’ उनले भने तर, ‘पर्याप्त बजेट अभावले समस्या ज्यूँकात्युँ छन् । उनले वडा र गाउँपालिकाबाट पर्याप्त बजेट विनियोजन गरिदिन आग्रह गरिएकोसमेत बताए ।

पुल नबने आन्दोलन गर्ने चेतावनी

वर्षौंसम्म कुहिरा नदीमा पुल बन्ने आशामा रहेका स्थानीयबासीले पुल नबने आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले पटकपटक यहाँको विकास निर्माणकार्य पछि धकेल्न पर्यत्न भएको भन्दै आन्दोलन गर्ने बताएका हुन् । गाउँपालिकाको वडा नं. ३ मा बसोबास गर्दै आएकी स्थानीय उर्मिला साउँदले पुल निर्माणको काम सुचारु नभए विकासका आयोजना अलपत्र पार्ने ठेकेदारमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्न बाध्य हुने बताइन् ।

‘यसअघि यहाँका स्थानीयले गरेको खबरदारी, संघर्ष र आन्दोलनकै बलमा पुलको योजना परेको हो’ उनले भनिन् हामीले फेरिपनि आन्दोलित हुन नपरोस् ।’ उनले निवर्तमान संघीय सांसद झपटबहादुर रावलको पहलमा आयोजना परेको भन्दै धन्यवाद दिइन् ।

यस्तै, राष्ट्रिय कलेज सुख्खडमा स्नातक तहमा अध्ययनरत विद्यार्थी डम्मर जोशीले पुल निर्माणमा ठेकेदारले लापरबाही गरिरहेको बताए । उनले हजारौं संख्यामा दैनिक उपभोग्य वस्तुको किनमेल गर्ने सर्वसाधारण नागरिक, कर्मचारी, शिक्षा, स्वास्थ्य उपचारको सिलसिलामा आवतजावत गर्ने मानिसलाई पुल नहुँदा वर्षायाममा सास्ती हुने गरेको बताए ।

‘कुहिरा नदीमा छिटोछरितो रुपमा पुल बन्नुपर्छ’ उनले भने, ‘पुल निर्माणमा सबैको खबरदारी र निगरानी आवश्यक छ ।’ त्रिदेशीयमार्ग जोड्ने राष्ट्रिय गौरवको आयोजनालाई कुनैपनि बहानामा रोक्न नहुने उनले बताए । (भिडियो सहित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९