फलेबिसौनामा डिप ट्युवेल सिचाईं आयोजनाको अनुगमन तथा निरीक्षणका गर्दै मन्त्री धामी

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीको व्यवस्थामाथि नै प्रश्न

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले प्रदेश सरकारले भ्रष्टाचार अन्त्य गर्न शुन्य सहनशीलताको नीति लिएको बताएका छन् । उनले जनतालाई सुशासन दिन नसके व्यवस्थामाथि नै प्रश्न उठ्ने बताए ।

 

आइतबार कैलालीको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा डिप ट्युवेल सिचाईं आयोजनाको अनुगमन तथा निरीक्षणका गर्दै मन्त्री धामीले जनतालाई छिटोछरितो सेवासुविधा दिनु नै संघीयताको मर्म भएको बताए । ‘सुदूरपश्चिम सरकारको मन्त्रीको हैसियतले म यहाँ उपस्थित छु र भन्न चाहान्छु,’ उनले भने, ‘हामीले सेवासुविधा दिनुपर्छ । जनताका समस्याहरु समाधान गर्न देशमा संघीयता ल्याएको हो ।’

 

सो अवसरमा उनले गाउँगाउँमा सबै अधिकार पुग्नुपर्ने बताए । ‘जनताले सबै सुविधा पाउनुपर्छ । जनतालाई नजिकबाट सेवासुविधा दिन सकियोस् भनेर हामी संघीयतामा गएको हो ।’ उनले भने, ‘आज हामीसँग तीनवटा सरकार छन् । केन्द्रमा संघीय सरकार छ, उसले ठूलाठूला कामहरु गर्छ । त्यसपछि प्रदेश सरकार छ, उसले बीचबाट कामहरु गर्छ । त्यसपछि तल जनतासँग रहेर कहाँ–कहाँ बाटो, पानी, बिजुली पुग्यो, कहाँको जनतालाई सिचाईं गर्न अभाव छ । कहाँ खानेपानी पाइरहेका छैनन् भन्ने कुराको हेरचाह गर्नका लागि गाउँको सरकार, स्थानीय सरकार हो ।’

 

सो अवसरमा मन्त्री धामीले राज्यको नजरबाट धेरै भुभाग अझै टाढा रहेको बताउँदै उनले जनतालाई बढीभन्दा बढी सेवा र सुविधा पुर्याउनुपर्ने बताए । ‘बाहिरबाट हेर्दा कैलाली जिल्ला निकै सुगम छ कैलाली जिल्लाले सबै चिज पाएको छ भन्ने धेरैको बुझाई छ तर, हामीसँगै सहकार्य गर्ने अन्य जिल्लाका मन्त्री ज्यू, माननीय ज्यू, सांसद ज्यू सबैलाई पर्छ । तर, चाहेजति विकास हुन सकेको छैन । उनले भने ।’

 

आफूले संकटकालको बेला मोहन्यालका धेरैक्षेत्रको वस्तुस्थिति बुझेको बताउँदै उनले शान्ति प्रक्रियापछि जुन गतिमा विकास हुनुपथ्र्याे त्यो हुन नसकेको बताए । ‘राज्यले हामीलाई धेरै किसिमका सुविधाहरु दिनुपर्छ भन्ने कुरा म बोलिरहेको छु,’ उनले भने,‘ यो स्थानीय सरकारको सहकार्यमा स्थानीय सरकारले गर्न नसक्ने कुराहरु प्रदेश सरकारले गर्ने हो । प्रदेश सरकारले नसक्ने कुरा हामीले संघ सरकारसँग माग गर्ने हो ।’ उनले सामान्य कुराको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारसँग भएको बताए ।

 

खानेपानी, बाटोकुलो, माध्यमिक तहसम्मको शिक्षा, स्वास्थ्य उपचार स्थानीय स्वायत्त सरकारको दायित्वभित्र पर्ने उनले उल्लेख गरे । स्थानीय सरकारले यसमा पहँच पुर्याउन नसके, उपस्थिति कम भए प्रदेश सरकारले काम गर्ने उनको भनाइ छ । ‘सुशासन, भ्रष्टाचार अन्त’ प्रदेश सरकारको मूलमन्त्र भएको बताउँदै उनले भने कुनैपनि ठाउँमा भ्रष्टाचार हुनु भएन । मैले घुस मागेभने जनतामा भन्नुहोला । कर्मचारीहरुलाई घुस नदिनुहोला । जल्लेजल्ले घुस माग्छ तपाईंहरु भण्डाफोर गर्नुहोस् ।

 

हाम्रो घरघरदेखि घुसप्रक्रिया सुरु भएको छ । वडा कार्यालयबाट, गाउँपालिकामा, प्रदेश जहाँजहाँ जानुहुन्छ त्यहाँ भ्रष्टाचारीहरु छन् । घुसखोरीहरु छन् । त्यसैले हामीले हाम्रो सरकारको तर्फबाट भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएका छौँ । सुशासनको पाटोमा जनतालाई दुःख नदिने प्रतिबद्धता आफूहरुले गरेको उनले बताए ।

 

‘नेता आएपछि जनता भाग्ने, मन्त्री आएपछि जनता भाग्ने यस्तो व्यवस्था खाजेको हामीले?’ उनले भने, आफ्नो मन्त्री आएपछि नजिक आउनुपर्याे । माया गर्नुपर्यो, प्यार गर्नुपर्यो । ‘यहाँ त नेता आए भागभाग, ए चोर आयो भन्छन् । यस्तो व्यवस्था हामीले खोजेका छैनौँ । त्यस्तो क्रियाकलाप जो व्यक्तिबाट भएको छ, त्यस्तालाई भण्डाफोर गर्नुस् । पार्टी र नेताहरुलाई गाली गरेर केही हुन्न । उनले धेरै ठूलो दुःख र संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको बताए ।

 

आयोजनाको बिबिएस कन्ट्रक्सन एण्ड द्रिलिंगले ठेक्का सम्झौता गरेको थियो । कुल १७ लाख ७६ हजार ५ सय रुपैयाँमा डिप ट्युवेल सिचाई आयोजना निर्माण हुन लागेको होे । आयोजनाको २०८० जेठ २३ मा सम्झौता भई असार २० गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

 

अनुगमनका क्रममा पूर्वसांसद वीरमान चौधरी र जनक बुढाको सहभागिता रहेको थियो । समाजसेवी अमर टमट्टाको स्वागत मन्तव्यसँगै सुरु भएको अनुगमन समारोहमाकार्यपालिका सदस्य नानी दमाई, समाजसेवी हिमाल विश्वकर्मा र जंगबहादुर बगाले शुभकामना मन्तव्य राखेका थिए भने, सञ्चालन स्थानीय विष्णुबहादुर बुढाले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९