टाइटनिक हेर्न गएको बेपत्ता पनडुब्बीमा पाकिस्तानी अर्बपतिका बाऊ छोरा पनि

लन्डन, ६ असार । विश्वकै चर्चित पानी जहाज मध्येको एक टाइटानिक फेरी एकपटक चर्चामा आएको छ । एट्लान्टिक महासागरको गहिराइमा डुबेको यो जहाज हेर्न आइतबार पर्यटक पनडुब्बीमा पाँच जना गएका थिए तर यो पनडुब्बी अहिले दुई दिन देखी बेपत्ता भएको छ । अहिले अवस्था यस्तो छ कि उद्धारकर्ताहरू यो पनडुब्बी खोज्न लागि परेका छन् ।यो पर्यटक पनडुब्बीको नाम सिर्ट टाइटन हो र समुद्रमा डुबेको साढे दुई घण्टामा यसको सम्पर्क टुटेको थियो। ब्लूमबर्गको रिपोर्ट अनुसार यो पनडुब्बीको दायरा ९६ घण्टा छ र यसले ७० घण्टा अक्सिजन राख्छ। अहिले धेरै सरकारी एजेन्सीहरू, अमेरिकी–क्यानडा नौसेना बल र व्यावसायिक रूपमा गहिरो

 

समुद्रमा जाने कम्पनीहरूले यो पनडुब्बीको खोजी गरिरहेका छन्।टुर कम्पनी ओशनगेटको यो सानो पनडुब्बीमा पाइलटसहित पाँच जना सवार थिए । यस पनडुब्बीमा पाकिस्तानका अर्बपति व्यापारी प्रिन्स दाउद र उनका छोरा सुलेमान र बेलायती व्यापारी हमिस हार्डिङ पनि रहेका छन् । यात्रामा निस्कनु अघि हार्डिङले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए– ‘म टाइटानिकको भग्नावशेषको अभियानको हिस्सा हुँ भन्न पाउँदा गर्व लाग्छ’।प्रिन्स दाउदको बारेमा भनिएको छ कि उनी पाकिस्तानको सबैभन्दा धनी परिवार मध्ये एक हुन्। उनी एसईटीआई संस्थानका ट्रस्टी पनि हुन्। पनडुब्बीका पाइलटको नाम पल हेनरी हो र उनी फ्रान्सका बासिन्दा हुन् न्यूयोर्क

 

टाइम्सका अनुसार यो पनडुब्बीमा यात्रा गर्न पर्यटकले ३ करोड ६४ लाखभन्दा बढी शुल्कण्तिर्नुपर्ने हुन्छ । यो यात्रा न्यू फाउन्डल्याण्डको सेन्ट जोन्सबाट सुरु हुन्छ। टाइटानिकको भग्नावशेषसम्म पुग्न र निस्कन आठ घण्टा लाग्थ्यो।ओसेन्गेटको वेबसाइटका अनुसार कम्पनिका  तीनवटा पनडुब्बी छन् तर टाइटानिकको भग्नावशेषसम्म पुग्न टाइटन मात्र सक्षम छ। यस पनडुब्बीको तौल १० हजार ४३२ किलोग्राम रहेको र कम्पनीको वेवसाइटका अनुसार सो पनडुब्बी १३ हजार १०० फिटको गहिराइमा पुग्न सक्छ । यो पनडुब्बीमा पाँच यात्रुका लागि ९६ घण्टा जीवन बचाउने अक्सिजन छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९