सिरहाका १७ वटा पालिकामध्ये १६ वटाको सभा समपन्न , लक्ष्मीपुर पतारीको बाँकी

 

सिरहा, ११ असार। सिरहाका १७ स्थानीय तहहरू मध्ये १० असारभित्र १६ पालिकाले नगर तथा गाउँ सभा सम्पन्न गरेको छ। जिल्लाका १७ पालिकामध्येय आइतबारमात्र १२ वटा पालिकाहरुले गाउँ तथा नगरसभा गरेको छ। चारवटाले यसअघि नै नगरसभा सम्पन्न गरेको छ भने लक्ष्मीपुर पतारी गाउँपालिकाले १० असारभित्र साधारणसभा गर्न सकेनन्। मिर्चैया नगरपालिकाले ‘स्वस्थ्य नगरवासी ,समृद्ध नगर’ मुख्या नाराकासाथ आइतबारबाट सुरु भएको नगरसभाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५८ करोड ११ लाख ७३ हजार रुपैयाँका बजेटसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।  नगरपालिकाले शिक्षामा एक करोड २५ लाख र स्वास्थ्य तर्फ एक करोड ५ लाख सहित ५८ करोड ११ लाख ७३ हजार रुपैयाँको नीति तथा कार्यक्र सार्वजानिक गरेको हो।

नगरका जनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा भोगीरहेको समस्या समाधानका लागी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा एक वडा एक नमुना विद्यालय र एक वडा एक आधारभूत स्वास्थ्य चौकीको परिकल्पना गरेको छ। साथै ज्येष्ठ नागरीकहरुलाई घर घरमा गई स्वस्थ्यसेवा प्रदान गरिने नगर प्रमुख श्रवण यादबले जनाएको छ। लुकेर बसेको जटिल रोग तथा उच्च रक्तचाप, मधुमेह र नसर्ने खालका रोगहरुको समुदाय स्तरबाटै प्रत्येक वडामा विशेष स्वास्थ्यजाचँ कार्यक्रम संचालन गरिने नगर प्रमुख यादवले बताए। उनले भने, ‘ स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन घुम्ती सेवाका लागि गुणस्तरीय औषधिको नियमित आपूर्ति गरी उपलब्धता सुनिश्चित गर्ने योजनासहित नगरले योजना अगाडी सारेको छ।’

 

त्यसैगरी, जिल्लामै सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि १ अर्ब १६ करोड २२ लाख ८ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ।
नगरपालिकाको १२ औं नगरसभाले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ नारालाई मूल मन्त्रको रुपमा लिँदै नगरको विकासमा पाइला अगाडि सार्ने जमर्को गरेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए।नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख चौधरीले पूर्वाधार एवं सहरी विकास, कृषि तथा सिँचाई लगायत आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेटमा समेटिएको जानकारी दिए ।

त्यसका लागि कृषिमा यान्त्रिकीकरणको लागि नगरपालिकाभित्रका किसानहरुलाई सहुलियत दरमा कृषि उपकरणहरुको सेवा उपलब्ध गराउन कस्टम हाइरिङ सेन्टर स्थापना गरिने मेयर चौधरीले जानकारी दिए । आइतबारै खुला सत्र सम्पन्न गरी बन्द शत्र सुरुगरेका गोलबजार नगरपालिकाको नवौ नगरसभाले ६६ करोड ६६ लाख पन्ध्र हजार अनुमानित आय सार्वजानिक गरेको छ । सिरहाका १७ पालिकामध्ये १२ वटा पालिकाले आइतबार नगर तथा गाउँ सभा समपन्न गरेका छन्। सिरहा नगरपालिका, सुखिपुर नगरपालिका, अर्नामा गाउँपालिका र कर्जन्हा नगरपालिकाले यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका थिए।

अर्नमा गाउँपालिकाले १ असारमाम, सुखिपुर नगरपालिकाले ८ असारमा, कर्जन्हा नगरपालिका र सिरहा नगरपालिकाले ९ असारमा नगर सभा सम्पन्न गरेको छ। लक्ष्मीपुरपतारीमा भने जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण नगरसभा हुन सकेन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९