चोरीका कारण सडकमा आइपुगेका व्यवसायीको कथा

महोत्तरी, २२ असार । सुन पसल खोल्दा रत्नेश साहले गाउँ–घरमा २५ लाख ऋण लिएको धेरै भएको छैन । लगानी ठूलो गर्ने र मुनाफा पनि सोहीअनुसार गर्ने उद्देश्यले साहले एनआईसी एसिया बैंकबाट पनि थप लाख ऋण लिए । सोही पैसा लगानी गरेर खोलेको सुन पसलमा चोरी भएपछि उनी घर न घाटको भएका छन् ।बर्दिबासको मुख्य बजारमा सटर भाडामा लिएर व्यापार गर्दै आएका रत्नेश साहले सोचेजस्तै व्यापार गरिरहेका थिए । बैंकको किस्ता, गाउँ–घरबाट मासिक ३ प्रतिशतमा ल्याएको ब्याज, घर कर्जा र घर व्यवहार चलाउन साहलाई पुगेकै थियो । साहले खोलेको ‘न्यु साइ ज्वेलर्स’ घर परिवारको सहारा मात्र थिएन, भविष्यको दरिलो भरोसा समेत रहेको उनको ठानेका थिए । तर,  १० असारको विहान पसल आइपुग्दा साहको सपना चकनाचुर भयो ।

 

साह पसल भित्र छिर्दा सुन राखिएको टेजरी बाकस त्यहाँ थिएन ।  लाखौ रुपैयाँमा अर्डर गरेर राखिएका गरगहनाहरु थिएनन्, चाँदी राखेको ठाउँमा थिएन, करिब २५ तोला सुन चोरी भएको थियो ।साहले केहीबेर केही सोच्न नै सकेनन् । पसलभित्र राखिएको सिसिटीभी हेरेपछि थाहा पाए, पसलका सबै गरगहना र पैसा चोरी भएको । ‘सिसिटिभी फुटेजमा देखिएअनुसार केही मानिसहरु पसलमा आए ।  सुन चोरी गरेर बर्दिबासको पश्चिमतर्फबाट गए,’ साहले भने,  ‘पछि थाहा पाएँ, बर्दिबासकै अर्को सुन पसल पनि चोरी भएको रहेछ ।’साहले दिएको विवरणअनुसार प्रहरीले करिब ३७ लाख ३६ हजार बराबरको चोरी भएको निष्कर्ष निकाल्यो । घटना भएको ३ दिन पछि प्रहरीले सुन चोरी गरेको आरोपमा तीनजना शंकास्पद व्यक्तिहरुलाई पक्राउ पनि ग¥यो । तर, सुन राखेको टेजरी प्रहरीले फेला पा¥यो, तर सुन अझै पत्ता लगाउन सकेको छैन् ।

 

पसल चोरी भएपछि साहलाई थप पीडा थपिएको छ । छोराछोरीको विद्यालयलाई बुझाउनुपर्ने शुल्क बुझाउन सकेका छैनन् । असार मसान्तसम्म तिर्नै पर्ने बैंकको किस्ता तिर्न सकेका छैनन् । साहुबाट लिएको ऋण चोरी भएको थाहा पाएपछि घरमा नै आएर पैसा दिनुपर्ने भन्दै घेर्न थालेका छन् ।साहको दुःख देख्न नसकेपछि बिहीहवार चेम्बर अफ कमर्स महोत्तरीले ५० हजार सहयोग गरेको छ । महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधिर अग्रवालले साहलाई ५० हजार बरारबरको चेक हस्तान्तरण गरेका थिए । चेक देखाउँदै साहले भने, ‘केही आधारभुत समस्या उहाँहरुको सहयोगले सावधान हुने भएको छ ।’

 

रत्नेशको जस्तै पीडा श्री हरि ज्वेलर्स सुन चाँदी पसलका सञ्चालक चन्दन साहको पनि छ । प्रहरीले पक्राउ गरेका व्यक्तिहरुले हरि ज्वेलर्सबाट खासै सामानहरु लैजान नपाएको प्रहरीलाई बयान दिए पनि प्रहरीको बनाएको मुचुल्कामा १५ लाख २० हजार बराबरको सुनचाँदी हराएको उल्लेख छ ।

 

प्रहरीले १५ असारमा बाराको निजगढबाट चोरीमा सग्लन भएको आरोपमा  रौतहट  फतुवा विजयपुर नगरपालिका–११ बस्ने अर्जुन चौधरी  र सोही वडाका  गाडी सञ्चालक साविर देवानलाई पक्राउ गरेको थियो   ।उनीहरुले नै दिएको बयानका आधारमा सुन राख्ने फलामको सेफ (भल्ट) रौतहटको  गुजरा नगरपालिका–२ अन्तर्गत चोचा जंगलमा जमिनमुनि गाडीएको अवस्थामा बरामद भयो । तर, सुन अझै फेला परेको छैन ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी दिलीप गिरीका अनुसार चोरीमा सग्लन अन्य तीनजना अझै फरार छन् ।  उनीहरुलाइ पनि छिट्टै पक्राउ गरी हराएको सुन बरामद गर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सिसिटिभी फुटेजमा देखिएको र चोरीमा प्रयोग गरेको भारतीय नम्बर प्लेटको दुईवटा बोलेरोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यता स्थानीय व्यापारीहरुले बर्दिबासमा श्रृंखलाबद्ध चोरी हुन थालेपछि स्थानीय सरकार र सुरक्षा निकायको जिम्मेवारीलाई लिएर प्रश्न उठाइरहेका छन् । उद्योग वाणिज्य संघको नेतृत्वमा व्यापारीहरुले केही दिन अगाडि शान्ति सुरक्षाको माग गर्दै प्रदर्शन नै गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९